कलिउड अपडेट , कार्तिक २७ ।
पन्त फिल्मस् को प्रस्तुतीमा साकार पन्त को निर्देशनमा रहने चलचित्र हिजो आजका कुरा को छायांकन बुधबार बाट आरम्भ भएको छ । पशुपतीनाथको भुवनेश्वरी मन्दिरमा शुभमुहुर्त गरि चलचित्रको छायांकन आरम्भ गरिएको हो ।
कुनै समय टेलिभिजनको पर्दामा सफल रहेको सिरियल हिजो आजका कुराकै नाम बाट फिल्म आरम्भ गरिएको हो । चलचित्रमा सन्तोष पन्त , रमा थपलिया , ऋचा शर्मा , रिमा विश्वकर्मा , केकी अधिकारी , नितेशराज पन्त , जेवीका कार्कि , रमेश अधिकारी , सबिन शाक्य लगायतका कलाकारको अभिनय रहेको छ ।