Like us on facebook

Advertisements

  • ‘मैले लेख्ने गीतको श्रोत मेरो जीवन भोगाइ हो’ : हरि उप्रेती (गीतकार)

    कलिउड अपडेट ।
    भुटानमा जन्मिएका गीतकार हरि उप्रेती हाल अमेरीकामा बस्दै आएका छन् । आफू जन्मिएको ठाउँ बाट स्वइच्छाले होइन नेपाली भाषा बोलेकै कारण खेदीनु पर्यो । बरु खेदिन तयार तर नेपाली भाषा प्रति माया नमार्ने प्रण गरेर बि स २०४७ सालमा नेपाल प्रवेश गरेका उप्रेती नेपालीभाषी भएकै कारण देशनिकाला हुनुपरेको थियो । सानैमा जन्मभूमि छोड्दाको पीडा र नेपालमा शरणार्थी बनेपछिको १८ वर्षको अनुभवलाई समेट्दै गीतकार उप्रेतीले संगीतकार बिकाश चौधरीको संगीतमा गीतिसंग्रह करुणा तयार गरेका छन् । आफ्नो भाषा र संस्कृतिकै कारण जीवनलाई दुःखमा परिणत गर्नु परेकाले त्यसको संरक्षणका निम्ति थप उर्जा दिलाउन करुणा ल्याएको गीतकारको भनाई छ । करुणा पछि अर्को एल्वम करुणा २ बजारमा ल्याउने तयारी भइरहेको छ । करुणा २ मा संगीतकार बिकाश चौधरीकै एकल संगीत रहने छ । एल्वमका गीत बाहेक फूटकर गीत पनि थुप्रै रेकर्ड भइसकेको छन् भने दुइ दर्जन भन्दा बढि सिनेमामा पनि गीतकार उप्रेतीका गीत समावेश भइसकेका छन् ।

    जन्मस्थान छोडि परदेशमा शरणको जीवन भोगाइको दुई दशक कहालीलाग्दो क्षणलाई गीतका शव्द मार्फत तथा विभिन्न सामाजिक सञ्जालमा पोख्दै आएका गीतकार उप्रेतीले लेखेका १५० भन्दा बढि गीत रेकर्ड भइसकेका छन् । नेपालबाटै एसएलसीदेखि स्नातकोत्तर सम्मको उच्च शिक्षा हासिल गरी नेपालका विभिन्न विद्यालय तथा कलेजमा प्राध्यापनसमेत गरे । शरणार्थी हुनुको पीडामा नेपाल छिरे पनि उनले नेपालीपन र नेपालीमन बोकेर नेपालकै खातिर काम गरिरहँदा धेरै उतार चढाव बेहोर्नु पर्यो । अहिले पुनर्वासको सिलसिलामा अमेरिका पुगेका गीतकार उप्रेती नेपालको भाषा, साहित्य र कला संस्कृतिको संरक्षणका निम्ति निरन्तर लागिपरेका छन् । नेपालका सस्कृती जोगाउन गीतकार हरि उप्रेतीले गीत लेखन मात्र होइन बेलाबेलामा फिल्म निर्माण बृत्तचित्र निर्माण मा समेत हात हाल्ने गरेका छन् । उप्रेतीले नेपालमा लोपोन्मुख फेरी प्रथा बारे निर्देशक दयाराम घिमिरे संग मिलेर बृत्तचित्र समेत निर्माण गरेका छन् । यस्तै आफ्ना भावना समेटिएका एक अडियो बुक मनका तरेलीहरु समेत उनले बजारमा ल्याइसकेका छन् ।
    विभिन्न सामाजिक कार्यमा आफूलाई समर्पित गरिसकेका गीतकार उप्रेती यतिबेला भने ग्लोबल भुट्नीज कम्यूनिटी कोलोराडो  का संस्थापक समेत हुन् । आफ्नो जीवन भोगाइ , आफूले बाटोमा देखेका घटना तथा सुनेका घटना नै आफ्ना गीतका श्रोत हुने उनी बताउछन् । आफू जहाँ गए पनि नेपालीपनमा बाच्ने र नेपालीमन नै बोक्ने गीतकार उप्रेतीको भनाइ छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4