Like us on facebook

Advertisements

  • उप्रेतीले सम्झिए “चौतारीको” वरपिपल मा बिगतलाई ( भिडियो सहित)

    कलिउड अपडेट ।
    सानै उमेरमा भाषाकै कारण आफ्नो जन्म भूमी छोड्नु परेको र लामो समय शरणार्थी जीवन भोगाईका कारण आफ्नो भाषा संस्कृती जोगाउन धेरैलाई प्रेरणा मिलेको छ । ती मध्य एक हुन गीत कार तथा मोडेल हरिप उप्रेती । पछिल्लो समय लोकप्रिय गीत हरु लेखेर धेरै श्रोता र दर्शक माझ लोकप्रिय बनेका गीतकार सशक्तरुपमा अभिनयमा पनि उत्रेका छन ।गीत संगीत , चलचित्र र समाज सेवामा थुप्रै योगदान पुर्‍यए बापत छोटो समयमा नै तीनवटा राष्ट्रीय अवार्ड र सम्म मान प्राप्त गरिसकेका छन श्रस्टा हरिप उप्रेतिले ।

    उनै श्रस्टाद्वरा अभिनित बहुप्रतिक्षित नेपाली म्युजिक भिडियो चौतारीको सार्वजनिक भएको छ । उक्त म्युजिक भिडियोलाई ग्लोबल नेपाली मिडियाले बजारमा ल्याएको हो । यस म्युजिक भिडियोमा हरी उप्रेतिलाई मोडेल पबित्र अधिकारीले साथ दिएकी छन । गीतकार उप्रेतिकै शब्द रहेको गीत मा बिकास चौधरीको संगीत छ भने बिश्व नेपालीको आवज र महाराज थापाको संगीत संयोजन रहेको छ ।यो म्युजिक भिडियो लाई नाराद रिजालले निर्देशन गरेका हुन भने दिपक तिवारीको कोरियोग्राफी र इडिटिङ गरेका छन । मेक अप मा सबिना घिमेरेले साथ दिएकी छन ।क्यामरा मा भने दिपक तिवारीको भुमीका रहेको छ । ग्लोबल नेपाली मिडिया को ब्यानरमा पहिलो पटक उत्पादन गरियो यो म्युजिक भिडियो सबै दर्शकले मन पराउने सो मिडियाका कार्यकारी निर्देशक दिपक तिवारीले जानकारी गराएका छन । यो मिडिय नेपाली भाषी हरुको पहिलो रष्ट्रीय मान्यता प्राप्त मिडिया भएकोले सम्पूर्ण दर्शकलाई हेरेर सब्स्क्राइब गरी आगामी प्रोजेक्टलाई माया गरी साथ दिने कुरामा सम्पूर्ण टिम विश्वस्त छन । भाषा कला र संस्कृतिको संरक्षण गर्नु हामी सबै नेपालीको दायित्व रहेको समेत तिवारीले उल्लेख गरेका छन ।
    म्युजिक भिडियो

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4