Like us on facebook

Advertisements

  • ‘ह्याप्पी न्यू ईयर’को ट्रेलर सार्वजनिक

    म‌ंसिर ७ कलिउड अपडेट । बिहिबार राजधानीमा एक कार्यक्रम आयोजना गरेर चलचित्र ‘ह्याप्पी न्यू ईयर’को ट्रेलर र अडियो  सार्वजनिक गरिएको छ ।  अंग्रेजी नयाँ वर्ष २०१८ लाई मध्य नजर गरेर डिसेम्बर २९ पुष १४ गते प्रर्दशन हुन लागेको याे चलचित्रमा नायक कुशल थापाको मूख्य भूमिका रहेको फिल्मको कथा समेत थापाले नै लेखेका हुन् । अष्ट्रेलियामै बस्दै आएका नायक पुकार गौतमको पनि सशक्त अभिनय रहेको छ । त्रिकोणात्मक फिल्ममा अपोजिट भूमिकामा देखिएकी छिन् नायिका सन्ध्या केसी ।

    ७० लाख बजेटमा निर्माण भएको चलचित्र अष्ट्रेलियाको विभिन्न मनोरम स्थानमा छायाँकन गरिएको हो । त्रिकोणात्मक प्रेम कथामा आधारित सो फिल्म नयाँ वर्षमा घटेका एक घटनामा आधारित छ । फिल्मको निर्देशन  देवकुमार श्रेष्ठले गरेका छन् । चलचित्रको निर्माता रति थापा श्रेष्ठ हुन् । चलचित्रका गीतमा   टंक बुढाथोकी र विनोद ढकालले संगीत दिएका छन् ।

    निर्देशक श्रेष्ठले यसअघि एक दिन एक रात, लवसव, लाल्टिनको निर्देशन गरिसकेका छन् । यस्ताे छ  ‘ह्याप्पी न्यू ईयर’ काे ट्रेलर

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4