असोज २९ , कलिउड अपडेट ।
चलचित्र ‘ह्याप्पी न्यु ईयर’को पहिलो गीत रिलिज भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच फिल्ममा समावेश ‘ह्याप्पी न्यु ईयर’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा नायक कुशल थापा र सन्ध्या केसी फिचरिङ छन् ।
फिल्मलाई नायक कुशलकी श्रीमति रती थापाले निर्माण गरेकी हुन् । कार्यक्रममा बोल्दै नायक थापाले ‘ह्याप्पी न्यु ईयर’उत्कृष्ट चलचित्र बनेको बताएका छन् । यस्तै, नायिका सन्ध्या केसीले ‘ह्याप्पी न्यू ईयर’को कथावस्तु उत्कृष्ट रहेको बताइन् । विनोद ढकालको शब्द तथा संगीतमा तयार भएको गीतमा नवराज बस्नेतले स्वर सुन्न सकिन्छ । देवकुमार श्रेष्ठ निर्देशित यो फिल्मको अधिकांश छायांकन अष्ट्रेलियामा गरिएको हो ।
चलचित्रमा कुशल र सन्ध्याको साथमा पुकार गौतम, इश्वर थापा, पदम शाक्य लगायतका कलाकारको अभिनय छ । फिल्ममा अस्ट्रेलियन छायाँकार बेन्जामिन ड्रेको छायांकन, विनोद ढकाल र टंक बुढाथोकीको संगीत र कुशल थापाको कथा छ ।