असोज ११ , कलिउड अपडेट ।
दशैको अवसर पारेर चलचित्र हेप्पी डेजको चेप्टे चेप्टे बोलको गित सार्वजनिक गरिएकोछ । राजनराज सिवाकोटिको संगितमा अर्को रमाइलो गित दर्शक श्रोताले पाएका छन् । गितमा राजनराज र अन्जु पन्तको आवाज रहेको छ । गीतमा दयाहाङ र दिया पुनको नृत्य देख्न सकिन्छ । गितलाइ कबिराज गहतराजले कोरियोग्राफि गरेका छन् ।
मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको ‘ह्याप्पी डेज’ मा दयाहाङ सँगै नायिका प्रियंका कार्की, नायक संजय गुप्ता र नव नायका विक्की जोशीको मुख्य भूमिका रहेको छ । विपी खनालको प्रस्तुती रहेको ‘ह्याप्पी डेज’ माघ १२ गतेदेखि अल नेपाल प्रदर्शनमा आउँदैछ । फिल्ममा भवानी शर्मा, हिराल जोशी र निर्देशक चाम्सको संयुक्त लगानी रहेको छ ।