श्रावण १६ , कलिउड अपडेट ।
सोमबार राजधानिमा चलचित्र हामि शरणार्थिको पत्रकार भेटघाट कार्यक्रम आयोजना गरियो । भाद्र ८ बाट रिलिज हुने चलचित्र हामि शरणार्थिमा भुटान बाट लखेटिएकि एक चेलीको कथालाइ समेटिएको छ । कार्यक्रममा बोल्दै निर्देशक बिजय केरुङले चलचित्र सत्य घटनामा आधारित भएको पनि प्रष्ट पारेका छन् । भुटानि शरणार्थि बस्ने शिबिर भित्रका राजनितिक सामाजिक र आर्थिक पाटोलाइ जस्ताको त्यस्तै उतारिएको बताइएको छ ।
भुटानि शरणार्थिहरुकै कथा समेटिएको चलचित्र हामि शरणार्थिमा शिल्पा पोखरेल , जिवन भट्टराइ , प्रतीमा रसाइली , नयन घिमिरे बिक्रम श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । पत्रकार भेटघाट कार्यक्रममा नायीका शिल्पा पोखरेल भने कार्यक्रममा उपस्थित हुन सकिनन् । उनि यतिबेला चलचित्र बिराङ्गनाको छायांकनमा व्यस्त छिन् । कार्यक्रममा आउन नसकेकोमा उनले फेसबुक स्टाटस मार्फत क्षमा मागेकि छिन् ।