Like us on facebook

Advertisements

  • हल बन्द, व्यापार ठप्प

    जेठ २ ।

    निर्माता माधव वाग्ले वैशाख १२ को मध्याह्न अघिसम्म खुसी–खुसी थिए। कारण, अघिल्लो दिन रिलिज भएको ‘रेशम फिलिली’ ले व्यावसायिक रूपमा सुखद सुरुवात गरेको थियो। लाइट कमेडी जानराको फिल्मले रिलिजको पहिलो दिन शुक्रबार मात्रै देशभरबाट ७० लाख रुपैयाँभन्दा बढीको व्यापार गरेको थियो। दर्शक प्रतिक्रिया पनि सकारात्मक रहेपछि शनिबार फिल्मले एक करोड रुपैयाँको व्यापार गर्ने अनुमान धेरैको थियो।

    ‘९० प्रतिशत हल अकुपेन्सी हुँदा पनि एक करोड रुपैयाँ सजिलै नाघ्थ्यो,’ निर्माता वाग्लेले भने। तर वैशाख १२ को मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा व्यापारमा ट्विस्ट आयो। महाभूकम्पले क्षणभरमै तहसनहस पार्‍यो। देशभर ५७ स्टेसनमा रिलिज भएको ‘रेशम फिलिली’ ले शनिबारको खाता खोल्न नपाउँदै हल बन्द भए। निर्माता र हललाई ठूलो घाटा लाग्यो।

    ‘एक करोड नै उठाएको भए पनि शनिबार मात्रै ४० लाख रुपैयाँ त घाटा लाग्यो,’ निर्माता वाग्लेले थपे, ‘तर यहाँ यत्रो क्षति भइरहेको छ, हजारौं मान्छेले ज्यान गुमाए, धेरैले घरपरिवार र आफन्त गुमाउनु परिरहेको यस्तो बेला मेरो पैसाको के कुरा भयो र?’

    यति बेला भूकम्प प्रभावित जिल्लाका सबै हल बन्द छन्। महाभूकम्पपछि जनजीवन सामान्य बन्न थालेपछि खुलेका केही हल पनि मंगलबार पुन: गएको भूकम्पको त्रासपछि बन्द भएका छन्।

    चलचित्र संघले पनि बुधबार विज्ञप्तिमार्फत् आफ्ना सम्पूर्ण हल अनिश्चितकालका लागि बन्द गरेको उल्लेख गरेको छ। देशभरमा हाल दुई सय पर्दामा दैनिक फिल्म चल्दै आएका छन्। फिल्म निर्माता, वितरक तथा हल सञ्चालकसमेत रहेका प्रदीप उदयले हल बन्द हुँदा दैनिक करोडौं रुपैयाँ नोक्सानी भइरहेको बताए। ‘नेपाली/विदेशी सबै फिल्मको व्यापार हेर्दा सालाखाला दैनिक एक करोड रुपैयाँको नोक्सानी भएको छ,’ प्रदीपले भने।

    भूकम्पपछि हल बन्द हुँदा चलिरहेका फिल्मसँगै रिलिजको मुखमा रहेका फिल्मको भविष्य पनि अन्योलमा परेको छ। जेठमा रिलिज मिति तोकेका केही फिल्म पछाडि धकेलिएका छन्, जसमा ‘होस्टेल रिटन्र्स’, ‘चंखे शंखे पंखे’, ‘अधकट्टी’, ‘कामचोर’ लगायत छन्।

    विनाशकारी भूकम्प जाँदा हल र हल रहेका मलहरू पनि क्षतिग्रस्त भएका छन्। तर निर्माता वाग्लेका लागि फिल्मको प्रदर्शन रोकिनु बाहेक अर्को चिन्ता पनि थपिएको छ। ‘फिल्म हाम्रो हातबाट निस्किसक्यो, यस्तो अवस्थामा धेरै दिन रोकियो भने पाइरेसी होला भन्ने डर पनि छ,’ माधवले थपे, ‘यस्तो अवस्थामा हल खुलेर फिल्म चलाउँदा पनि डर छ।

    विदेश पुगिसकेको फिल्म रोकिरहँदा पनि उत्तिकै डर छ।’ हल बन्द हुँदा नेपाली फिल्मसँगै विदेशी फिल्ममा भएको लगानीमा पनि क्षति पुगेको छ।

    हलिउड फिल्म ‘एभेन्जर्स : एज अफ अल्ट्रोन’ र बलिउडको ‘गब्बर इज ब्याक’ को प्रदर्शन पनि बिथोलिएको छ भने शुक्रबारदेखि लाग्न लागेको ‘बम्बे भेल्भेट’ को रिलिज पनि अनिश्चित बनेको छ। भूकम्प प्रभावित क्षेत्रबाहेकमा मंगलबारअघि केही हल खुलेका थिए। तर, त्रासका कारण ती हलमा पनि दर्शक आउन सकेका छैनन्।

    source – ekantipur.com

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4