कलिउड अपडेट ।
जेठ ४ गते बाट प्रर्दशन हुन लागेको बिश्वकै कान्छा निर्देशक सौगात बिष्टको निर्देशन रहेको चलचित्र हैरानको शिर्ष गीत रिलिज गरिएको छ । सार्वजनिक गीतमा सत्यराज आचार्य , स्वरुप राज आचार्य , बबिता मानन्धर , गिरिस खतिवडा र सरगम आचार्यको आवाज रहेको छ । गीतमा गम्भिर बिष्टको कोरियोग्राफि रहेको छ ।
सार्वजनिक गीतमा चलचित्रका अधिकांश कलाकारलाइ समेटिएको छ । हैरानको गीतले दुनियामा मान्छे मान्छे संगै हैरान छ भनेर भन्न खोजेको छ । डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन ।