Like us on facebook

Advertisements

  • क्होइबो धिं निमार्ण सहयोगार्थ गुरुङ चलचित्र भेडी गोठाले प्रदर्शन

    जनक श्रेष्ठ,  फागुन ९ लमजुङ ।
    सदरमुकाम बेसीशहर ९ शेराबजार स्थित अन्नपूर्ण चलचित्र मन्दिर हलमा फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर गुरुङ चलचित्र क्यू प्ह्रो छे अथात् भेडी गोठालेको च्यारिटि सो प्रदर्शन गरिएको छ । मिलन डिजि इन्टरनेस्नल प्रालिको ब्यानरमा पहिलो गुरुङ संस्कृतिमा आधारित चलचित्र क्यू प्ह्रो छे शनिबार प्रदर्शन गरिएको होे । तमु जातिको मौलिक धार्मिक संस्था तमु प्ये ल्हु संघ लमजुङद्धारा निमार्ण गर्न लागेको क्होइबो धिं लाई सहयोग पुुर्याउने उद्देश्यले हलमा च्यारिटि सो गरिएको निर्माता देउकी सिंजाली (दिपिका मिलन) ले बताईन् ।

    यस चलचित्रमा भेडी गोठालेहरुले भेडी गोठ छोडी पैसा कमाउनका लागी विदेश जाने सोच गर्छ । दोस्रो पटक गएको लाहुरे विदेशबाट शब बाकसमा नेपाल आउँछ अनि उनीहरुले पैसा कमाउनका लागी विदेश जानु हुदैन स्वदेशमै केहि काम गर्नु पर्छ भन्ने सन्देश यस चलचित्रले दिन खोजिएको छ । त्यस्तै हाम्रो समाजमा कुनै सन्तान नभएकी विदुया महिलाले उमेर छदैँ अर्को सगँ विवाह गरी आफ्नो भविष्य बनाउनु पर्छ भनेर समेत देखाउन खोजिएको छ ।

    उक्त गुरुङ चलचित्रले नेपाली युवाहरुको बास्तविक ब्यथा मर्कालाई उतारेको र समग्रमा चलचित्र राम्रो लागेको दर्शक प्रेमकुमारी गुरुङले बताइन्  । चलचत्रि हेर्नका लागी जिल्लाको अधिकाशं ठाउँबाट विशेष गरी गुरुङ जातिको बाक्लो उपस्थिति रहेको थियो । यस चलचित्रले  गुरुङ समुदायको पुजाआजमा भेडालाई पुजा गर्ने पराम्परादेखिको चलन रहेको छ, भेडी गोठ संङकटमा पर्दै गएको छ । गुरुङ समुदायको संस्कृतिको भेडी गोठ जोगाउँनलाई यस चलचित्रले ठुलो सहयोग पुग्ने गुरुङ चलचित्रकी नायिका अस्मि गुरुङले बताईन् । उनले भनिन् लमजुङ जिल्ला गुरुङ जातिको उत्थम थलो मानिन्छ, यहि जिल्लामा पनि भेडी गोठ संङ्कटमा पर्दै गएको छ । युवाहरु विदेशमा जाने लर्को चलेको छ । सो विषयलाई चलचित्रमा देखाउन खोजेकोले यस चलिचत्र निकै राम्रो, सन्देश मुलक रहेको गुरुङ चलचित्रकी नायिका गुरुङको तर्क छ । गुरुङ समुदायको परिबेशलाई अर्थात् रुपमा चित्रण गर्न खोजिएको यस चलचित्रले धेरै दर्शकको मन जित्ने निमार्ण युनिटको दाबी छ ।

    जिल्लाको पूर्वी पर्यटकिय क्षेत्र ईलमपोखरी र भारते गाविसमा छायांकन गरिएको यस चलचित्र गुरुङ संस्कृति र संस्कारमा आधारित चलचित्र हो । यस चलचित्रमा परम्परदेखिको गुरुङ समुदायको चल्तिचन,गोठालाको मायाँ प्रेम, गुरुङ संस्कृति र रमनिय ग्रामिण ठाउँलाई समाबेश गरीएको छ । यस चलचित्रमा  नायिका अस्मि गुरुङ, राजेश गुरुङ, सुवास गुरुङ, गौरी गुरुङ, सनम गुरुङ, खुशी गुरुङ, दगा गुरुर्ङ, मेखराज गुरुङ लगायतको अभिनय रहेको छ । यस चलचित्रको कार्यकारी निमार्ता दुर्गा गुरुङ, विक्रम गुरुङ, विजय गुरुङ र देउकी सिंजाली (दिपिका मिलन) ले मिलेर चलचित्र निमार्ण गरेका हुन् ।

    गुरुङ संस्कृतिमा आधारित नेपाली भाषाका रहेको चलचित्रको लगानी २० लाख रहेको छ । उक्त चलचित्र हेर्नलाई दर्शकको लागी रु २ सय र ५ सयको टिकट गरी ९ सय टिकट वितरण गरेको थियो । उक्त चलचित्रबाट उठेको सबै रकम तमु जातिको मौलिक धार्मिक संस्था तमु प्ये ल्हु संघ लमजुङद्धारा निमार्ण गर्न लागेको क्होइबो धिं लाई सहयोग गर्न लागेको हो । उक्त चलचित्रको टिकटबाट करिब ५ लाख उठेको छ । नेपालको विभिन्न शहरपछि नेपाल बाहिर हङकङ लगायतका देशमा प्रदर्शन गरिने भएको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4