कलिउड अपडेट ।
अमेरीकामा बस्दै आएकि गायीका गुन्जन उपाध्यायको ‘माया कस्तो लाएँ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । रेकर्डिङ देखि म्यूजिक भिडियो छायांकन र सम्पादन सबै अमेरीकामा नै गरिएको यो गीतलाइ गुन्जनका पिता तुंगनाथ उपाध्याय नेपाल (तुंग नेपाल)ले लेखेका हुन् भने संगीत पनि उनकै हो । नेपालमा रहँदा बिभिन्न बिधालयमा संगीत गुरु भएर काम गरिसकेका नेपालले अमेरीकामा पनि नेपाली गीत संगीत , सस्कृति जोगाउन र अहिलेको पुस्तालाइ नेपाली गीत संगीत , वाद्यवादनको संयोजन् र प्रशिक्षण गराइरहेका छन् । नेपाल अाफैमा गीतकार सगीतकार तथा गायक पनि हुन् ।
यस्ताे सांगीतीक माहोलमा हुर्केकि गुन्जनको रेकर्ड भएको यो पहिलो गीत भने होइन । बाल्यकालमा उनका केहि गीत रेकर्ड भइसकेका थिए ।सार्वजनिक यो गीतको एरेन्ज भद्रेश्वर बर्मनले गरेका छन् ।
सार्वजनिक यस भिडियोमा रिता याम्फू र जिन जेङ्ग को अभिनय रहेको छ । भिडियोलाइ मन्जिल श्रेष्ठले छायांकन सम्पादन र निर्देशन गरेका हुन् । भिडियोको कन्सेप्ट तथा कथा अन्तरा उपाध्यायको रहेको छ ।
हेरौ यो भिडियो ।