Like us on facebook

Advertisements

  • मोफसल बाट ‘चि मुसी चि’ लाइ ग्रिन सिग्नल

    कलिउड अपडेट ।
    चलचित्र चि मुसी चि ले देशका मुख्य मुख्य शहरहरुमा फिल्म प्रोमोस्नल कन्सर्ट आयोजना गरेको छ । चलचित्र चि मुसि चि पूर्वका बिर्तामोड , दमक , धरान हुदै लालबन्दि हरिऔन सम्म कन्सर्ट गरिसकेको छ । चलचित्रका मुख्य ३ कलाकार सुनिल क्षेत्री, शुशान्त कार्कि र अलिसा शर्मा कुशल डान्सर हुन् । उनिहरुले दर्शकलाइ मग्धमुग्ध पारेर कन्सर्टमा आर्कषित गरे साथै नेपाल आइडलकि सफल प्रतिस्पर्धि सुजाता पाण्डेले पनि दर्शकलाइ नचाएकि थिइन् । सुजाताले चि मुसि चि को टाइटल गीत गाएकि छिन् ।

    नेपाली फिल्मको लागी उर्वर भुमि मानिएका पूर्वका मेजर स्टेशनको भ्रमणबाट चलचित्रलाइ ग्रीन सिग्नल मिलेको निर्माता शिवराज कार्किले कलिउड अपडेटलाइ जानकारी दिए । दर्शकले चि मुसि चि हेर्न आतुर भएको पाउदा एकदमै खुसि लागको छ कार्किले भने । माफसल कन्सर्ट हेटौडा , पोखरा बुटबल पुगेर टिम राजधानि फर्कने छ ।

    दिनेश श्रेष्ठकाे निर्देशन रहेकाे यो चलचित्र श्रावण ११ गते देशैभर रिलीज हुँदैछ । अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् । सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा, शसांक बस्याललगायतका कलाकारहरुको अभिनय रहेको ‘छ’।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4