Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • कालिप्रसाद बास्कोटाले तताए अष्टिन (भिडियो सहित)

    कलिउड अपडेट , काठमाण्डौ ।
    कालिप्रसाद बास्कोटा हाल सांगीतिक यात्राको क्रममा अमेरीका छन् । जनवरी ५ मा अमेरीकाको टेक्सास राज्यको राजधानि अष्टिनमा भव्य सांगीतीक कार्यक्रम सम्पन्न भएको छ । डिएण्डडि मुभिजको प्रस्तुतिमा नायक सुबास थापाको संयोजनमा आयोजित उक्त सांगितिक कार्यक्रममा ५०० भन्दा बढि दर्शक कालि प्रसाद बास्कोटाका गीतमा झुमेका छन् । निरा कहिले रिसाउने , ठमेल बजार , लप्पन छप्पन , जालमा जस्ता गीत गाउँदा सबै दर्शक बसेको स्थान बाट उठेर नाचेका थिए ।

    कामको व्यस्तताको बाबजुद पनि यतिठूलो संख्यामा दर्शक आउनु खुसिको कुरा भएको संयोजक थापा बताउछन् ।
    कार्यक्रममा न्यूयोर्कका डिजे सुर्य तथा स्थानिक कलाकारले कालि प्रसाद बास्कोटालाइ साथ दिएका थिए । अष्टिनमा सेलिब्रेटि सिंगर लाइ निमन्त्रणा गरी भव्य र सभ्य तवरले यति ठूलो कार्यक्रम सम्भवत पहिलो पटक भएको दर्शकहरु बताउछन् ।

    Share the News

    Related News

    Adverstisements


  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4