Like us on facebook

Advertisements

  • चलेन घामट शेरे ,

    कलिउड अपडेट , मंसिर ३ ।
    निर्देशकको बाटो भएर हिरो सम्म बन्न आइपुगेका निर्देशक निश्चल बस्नेत पहिलो पटक सोलो हिरोको रुपमा पर्दामा देखिए चलचित्र थियो घामट शेरे । ‘लुट’ बाट नेपाली फिल्म क्षेत्रमा लाग्न लागेको संकटकाल हटाएका निर्देशक निश्चल बस्नेतले पहिलो पटक सोलो हिरोको रुपमा अभिनय गरेको फिल्म ‘घामड शेरे’ दोस्रो हप्तामा प्रदर्शनरत छ ।

    फिल्ममा उनले आफ्नै श्रीमती स्वस्तिमा खड्कासँग रोमान्स गरेका छन् । लभस्टोरी जनराको फिल्ममा फिट मानिने हेमराज विसीले यो फिल्मको निर्देशन गरेका हुन् । फिल्म पोष्टपोन्ड हुँदा अधिकांश फिल्म को बिजनेशलाइ असर परेको बिगतमा थुप्रै उदाहरणहरु छन् त्यस्तै भयो घामट शेरेलाइ पनि । कात्तिक ८ मा रिलिज मिटि घोषणा गरे पनि बलिउड फिल्म ‘हाउसफुल ४’ कारण मल्टीप्लेक्समा कम सोज पाएपछि निर्माण टिमले फिल्मको रिलिज दुई हप्ता पछाडि सारेको थियो ।
    घोषित मितिबाट दुई हप्ता पछाडि सर्दा फिल्मले मल्टीप्लेक्समा अपेक्षाकृत सोज त पायो, तर दर्शक भर्न सकेन । फिल्मले सोचे जस्तो व्यापार भने गर्न सकेन । पाँचौ हप्तामा पनि फिल्म ‘छ माया छपक्कै’ को व्यापार घामट शेरेको भन्दा राम्रो छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4