Like us on facebook

Advertisements

  • ‘गरुण पुराण’को फष्टलुक सहित रिलिज मिति सार्वजनिक

    कलिउड अपडेट ।
    चलचित्र गरुण पुराणको फष्टलुक सहित रिलिज मिति सार्वजनिक गरिएको छ । सुवास कोइराला निर्देशित ‘गरुड पुराण’ को फष्ट लुक सार्वजनिक गर्दै चलचित्रले आफ्नो प्रर्दशन मिति माघ ४ गतेलाई पक्का गरेको छ । चलचित्रको फष्टलुक मा नाजिर हसेनलाई फरक लुक्समा देख्न सकिन्छ ।

    पोष्टरमा उनलाइ ब्यान्ड मास्टरको रुपमा देखाइएको छ । कर्मा शाक्य, प्रविण खतिवडा, कामेश्वर चौरसिया, प्रियँका सिंह ठकुरी पनि पोस्टरमा देखिएका छन् । हास्य जनराको गरुण पुराणमा पारिबारिक कथा प्रस्तुत गरिएको निर्माण पक्षले बताएको छ ।
    आकाश बराल, बिनोल खतिवडा र सुवास कोइराला ले लेखेको यो फिल्मको कथा कशम नेपालको हो । अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको यो फिल्ममा लुमिना तुलाधर, बसन्ध भट्ट, प्रकाश घिमिरे, कमल देवकोटा, सरोज श्रेष्ठको मुख्य भुमिका रहेको छ ।

    रेनेशा बान्तवा राईको कोरियोग्राफी रहेको यो फिल्ममा कोशिश क्षेत्रीको संगीत, कोशिश र मनिषा पोखरेलको गायन, सुशन प्रजापतिको छायांकन, उज्ज्वल ढकालको सम्पादन रहेको छ

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4