पौष १४ , कलिउड अपडेट ।
बाल बिबाह र दाइजो प्रथा जस्तो नेपाली समाजको कुरितिलाइ निर्मुल गर्न नायीका गरिमा पन्त र कलाकार एव डाक्टर सिके सिं सडकमा उत्रिएका छन् । शनिबार सार्वजनिक यातायातमा बालबिबाह र दाइजो प्रथा बिरोधि स्टिकर टास्ने कार्यमा उनिहरु लागी परेका थिए । नायीका गरिमा पन्त र डा सिके सिं यस राष्ट्रिय अभियान का सद्भावना दुत पनि हुन् ।
यस अभियानमा प्रहरि प्रशाशनले पनि भरपुर सहयोग गरेको छ । गौशला ट्राफिक प्रहरीका प्रहरी निरिक्षक सुर्य प्रकाश सुवेदी, ब्रजेश कुमार झा, ट्राफिक प्रहरी हवलदार, गोविन्द बस्नेत, प्रहरी सहायक निरिक्षक, शिव हरि सुवेदी, सुमन थापा लगायतका प्रहरी जवानहरुले सक्रिय रुपमा यातायातका साधनहरुमा आफै अगाडी बढी सामाजीक मुदाका स्टीकर टांसमा मदत मात्र गरेन, यातायातकर्मी र सर्वसाधारणलाई सचेत समेत गराए । त्यस्तै, प्रहरीहरु र अभियानका सद्भावना दुतहरु ले बाल विवाह तथा दाइजो जस्ता कुप्रथालाई संगै मिलेर अन्तय गर्ने प्रतिबधता सहित महत्वपूर्ण अन्तरक्रिया समेत गरे ।
यस बाल विवाह एवम दाइजो प्रथा उन्मूलन राष्ट्रिय अभियान, नेपालले नेपालमा बाल विवाह एवम दाइजो अन्त्यकोलागि सामाजिक मान्यता परिवर्तन सामाग्रीहरुको विमोचन २४ असोज २०७१ काठमाडौंमा नेपाल सरकारका सम्मानीय मूख्य सचिव श्री लीलामणि पौड्याल ज्यूको अध्यक्षतामा र राष्ट्रिय योजना आयोगका सम्मानीय सदस्य डा. विमला राई पौड्याल ज्यूको प्रमुख आतिथ्यमा सम्मपन्न भएको थियो ।