Like us on facebook

Advertisements

  • गाँठो : थिम सङ र पात्र पोस्टर रिलिज (भिडियो)

    जेठ ९ , कलिउड अपडेट ।

    भदौ ३१ मा रिलिज हुने सुरज भुषाल निर्देशित चलचित्र ‘गाँठो’ले नयाँ रिलिज मिति थिम गित र पात्र पोष्टर सार्वजनिक गरेको छ ।

    यसअघि मौन र होस्टेल रिटन्र्स निर्देशन गरिसकेका भुषालको यो तेस्रो चलचित्र हो । चलचित्रमा नाजिर हुसेन, नम्रता श्रेष्ठ र अभय बराल मुख्य भूमिकामा छन् । सम्बन्धलाई केन्द्रिय द्धन्द्ध बनाइएको सिनेमा नम्रताको डेब्यु प्रोजेक्ट हो । अभय र नाजिरलाई दुई परस्पर प्रेमी पात्रको रुपमा स्थापना गरिएको छ ।Gaatho

    थीम सङलाई अनुपम शर्माले संगीत र स्वर दिएका छन् । मानवीय सम्बन्धको जटिलता गीतको मर्म हो । ‘पात्रमा डुब्न इफोर्ट गरेकी छु । नाजिर, अभय र सुरजजीको सहयोगले डेब्यु कलाकार महसुस भएन’ नम्रताले संक्षिप्त प्रतिक्रिया दिइन् ।

    डेब्यु निर्देशन मौनमा स्थापित अभिनेत्री नम्रता श्रेष्ठलाई लिएका सुरजले गाँठोमा नाम मिल्ने नयाँ नम्रतालाई लिएर चलाखी अपनाएका छन् । गाँठोमा डेब्यु एक्ट्रेस नम्रतालाई मनोविज्ञान विषयकी छात्राको रुपमा प्रस्तुत गरिएको छ ।

    सिनेमाले पेन्टिङ (पानीचित्र) प्रतिस्पर्धा समेत गर्ने भएको छ । विद्यालय, कलेज र खुल्ला स्तरिय प्रतिस्पर्धामा सबैले आफ्नो भावना व्यक्त गर्न पाउने आशा निर्माण कम्पनी बटवाल इन्टरटेनमेन्टको छ ।

    नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, उत्तम न्यौपानको ध्वनी रहेको फिल्ममा अरुणा कार्की र ध्रुव कोइरालाको समेत मुख्य अभिनय छ । प्रतीक गुरुङसँग मिलेर सुरजले पटकथा लेखेका हुन् ।

    तीलकबहादुर क्षेत्री, नृपेन्द्रराज जोशी र दीपेश भण्डारीको निर्माण रहेको सिनेमालाई महत्वका साथ लिइएको छ । खासगरि, मौन र होस्टेल रिटन्र्सको न्यारेटिभमार्फत राम्रो प्रशंसा बटुलेका सुरजले सिनेमाले बक्सअफिस र क्रिटिक्स दुबै पक्षमा राम्रो गर्ने बताए ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4