फ्राइडे रिलिज : दशैमा सोहमको ‘शिवम्’

काठमाण्डौ ।
यो शुक्रबार अर्थात असोज १७ बाट चलचित्र शिवम् प्रर्दशनमा आउदैछ । प्रेम र एक्सनले भरिपूर्ण चलचित्र शिवम् बाट नवनायक सोहम भेटवाल सिनेनगरिमा प्रवेश गर्दैछन् । प्रेम कथा संगै एक्सनमा सोहमले आफूलाइ पर्दामा प्रस्तुत गरेका छन् ।


एस के प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्र शिवम् मा सोहमको साथमा शुभेच्छा थापा , रबि गिरी , रस्मि भट्ट लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाइ राजु गिरिले निर्देशन गरेका छन् भने बितरणको जिम्मा तिरुपति पिक्चर्स का लागि सरोज शर्मा र सुनिता भट्टराइले लिएका छन् ।

Share the News

Related News

Adverstisements

Latest Videos

  • Video 1

  • Video 2

  • Video 3

  • Video 4