Like us on facebook

Advertisements

  • भदौ १५ मा ‘चि मुसि चि’ , फष्ट लुकमा हिरो हिरोइन को आँखा र हात मात्रै

    कलिउड अपडेट ।
    चलचित्र चि मुसि चि को अफिसियल फष्ट लुक सार्वजनिक गरिएको छ । निर्देशक दिनेश श्रेष्ठले आफ्नो फेसबुक मार्फत चलचित्रको फष्ट लुक सार्वजनिक गरेका हुन् । सार्वजनिक पोष्टरमा चलचित्रका कलाकारको अनुहार भने समेटिएको छैन । पोष्टरमा कलाकारका आँखा र चि मुसि चि खेल्दै गरेको हात देखाइएको छ ।
    पोष्टरले नै चलचित्रको कथा बोकेको निर्देशक श्रेष्ठ बताउछन् । सिल्भर लेक पिक्चर्स र श्रीप्सन फिल्मस्का् व्यानरमा निर्माण भएको चलचित्र चि मुसि चि मा शुशान्त कार्कि , सुनिल क्षेत्री र एलिसा शर्माको मुख्य भुमिका रहेको छ ।

    चलचित्रका गीतमा संगीत सुरज अधिकारीको , द्धन्द अष्ट महर्जनको , छायांकन बासु न्यौपानेको , कोरियोग्राफि बिक्रम स्वार र सुनिल क्षेत्रीको रहेको छ ।
    अनिल पाण्डे र प्रिन्स युवराज कार्कि को प्रस्तुति एव अरुण गुरुङ्ग , सुभास भुर्तेल र महेश्वर खत्रि को लगानी रहेको चलचित्र चिँ मुसि चिँ को कार्यकारी निर्माता शिवराज कार्कि हुन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4