Like us on facebook

Advertisements

  • ‘बारम्बार सोधिने प्रश्नको उत्तर ल्याएको छु’ : सबिर श्रेष्ठ

    shabirपौष २ , कलिउड अपडेट ।
    रंगपत्रकारहरुले बारम्बार सोध्ने एक प्रश्न तपाइको यो चलचित्र किन हेर्ने ? बिगतमा निर्देशक सबिर श्रेष्ठ संग यसको कुनै गहन जवाफ हुदैन थियो उनको एक मात्र उत्तर हुने थियो मनोरंजनको लागि । तर यस पटक निर्देशक सबिर श्रेष्ठ को फरक उत्तर आउछ , फिल्मको ले उठाएको गहन बिषय र मनोरन्जनको लागि ।
    चलचित्र तथास्तु को बारेमा सिटिजन एफ एम को कार्यक्रम फिल्मी बहसमा सन्चारकर्मि दयाराम संग कुरा गर्दै उनले चलचित्र तथास्तु ले फरक स्वाद दिने दाबि गरे । चलचित्र तथास्तुले नारी संग सम्वन्धित रहेर एक गहन बिषय उठान गरेको कारण पनि आफूले निर्देशन गरेको अन्य चलचित्र भन्दा फरक रहेको उनको भनाइ छ । चलचित्र हेरि सके पछि एक पुरुषले आफूले घरमा , अफिसमा र सडकमा नारी लाइ कस्तो व्यवहार गरिरहेको छ सोच्न बाध्य हुने निर्देशक श्रेष्ठको भनाइ छ ।

    नायीका रेखा थापाकै लागि भनि तयार गरिएको तथास्तुको स्कृप्ट ले चलचित्रको नायक रेखा थापा नै भएको बताउछ । तर पनि चलचित्रमा नायकको रुपमा किशाेर खतिवडा , सुबास थापा , बिज्ञान जोशिको अभिनय रहेको छ । चलचित्र तथास्तु पौष २५ बाट प्रर्दशनमा आउदैछ । चलचित्रका गितले यतिबेला चर्चा पाइरहेका  छन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4