कलिउड अपडेट , काठमाण्डौ ।
श्रीमान् , महसुस , लज्जा जस्ता सफल चलचित्र निर्देशन गरी आफ्नो बेग्लै निर्देशकिय क्षमता देखाएका निर्देशक नवल नेपाल यतिबेला आफ्नो अर्को चलचित्र ‘भाग सानि भाग’ को पोष्टप्रोडक्सनमा व्यस्त छन् ।
आ आफ्नो सपना बोकि गाउ बाट शहर पसेका दुइ युवा युवतिको कथा नै चलचित्रको मुल बिषय हो । शहर पुगेका युवा युवति ले आ आफ्ना सपना गर्न गरेका हरेक कृयाकलापलाइ मनोरन्जनात्मक रुपमा प्रस्तुत गरिएको निर्देशक नेपाल बताउछन् । लभ स्टोरी चलचित्र ‘भाग सानि भाग’ को कथा पटकथा संवाद निर्देशक नेपाल कै हो ।
चलचित्र मा नायीका केकि अधिकारी पहिलो पटक पश्चिमे लवज मा देखा परेकि छिन् । चलचित्रमा केकि संगै सबिन श्रेष्ठ , निर शाह रमेश बुढाथोकि ,रबिन्द्र खड्का ,शुशिल पोखरेल , गित अधिकारी , लय संग्रौला लगायतका कलाकारको अभिनय रहेको छ ।
सहदेव गौतम , बिष्णु चापागाइ र बिलोल पोखरेलको निर्माण रहेको यस चलचित्रका कार्यकारी निर्माता भने संगितकार चेतन सापकोटा हुन् । चलचित्रका गितमा उनले नै संगित दिएका छन् । चलचित्रमा द्धन्द हिमाल केसि , छायांकन दिव्यराज सुवेदी , नृत्य कबिराज तथा सम्पादन अनन्त थपलियाको रहेको छ ।
असार ४ , २०७२ मा प्रकाशित ।