Like us on facebook

Advertisements

  • दर्शकको रोजाइमा फिल्मी संगित नै माथि , किन माथि आउन छोडे सुगम संगित

    श्रावण १० , कलिउड अपडेट ।

    कुनै समय थियो नेपाली फिल्मका गित भन्दा पनि आधुनिक गित तथा पप गितहरु बढि लोकप्रिय हुने गर्थे । फिल्म मेकरहरु पनि चलचित्रका गितलाइ खासै प्राथमिकता दिदैनथिए । तर पछिल्लो समयलाइ हेर्दा नेपाली फिल्मी गित संगितले अन्य गितहरु लाइ उछिन्दै अग्रस्थानमा रहन सफल भएको छ । यध्यपि एल्वमका गित हरु भने निर्माणमा कमि भने आएको छैन । यूटुवकै भ्यूको कुरा गर्ने हो भने केहि लोकप्रिय गायकको गित छोडेर अरु सवै फिल्मकै गित संगित माथि देखिन्छ ।तर कहिले कहि आधुनिक तथा पप गितको भिडियोले गर्दा पनि यूटुवको ट्रेन्डिङमा आउने गरेका छन् ।

    वडा नं ६ को गित सुर्के थैलि खै बोलको गित यूटुवमा आज सम्मकै धेरै हेरिएको गित बनेको छ । यस्तै छक्का पन्जाको गित पनि यूटुवमा लोकप्रिय मानियो । केहि समय अघि रिलिज भएको चलचित्र २ रुपैयाको कुटुमा कुटु छोटो समयमा धेरै दर्शक पाउन सफल गित हो । यस्तै छक्का पन्जाको पुर्व पश्चिम रेल बोलको गितले पनि रेकर्ड ब्रेक गरेको गित थियो । ए मेरो हजुर २ , म यस्तो गित गाउँछु , प्रेमगित २ का गितले पनि यूटुवमा राम्रो दर्शक संख्या पाएको छ । यस्तै छक्का पन्जा २ को गित ‘ए दाजु नसमाउ नाडिमा’ बोलको गित रिलिज भएको एक दिनमै ट्रेन्डिङ नंम्बर १ मा पुगेको छ ।

    यसरी केहि बर्ष अघि देखि अहिले सम्म हेर्दा नेपाली फिल्म का गितले दर्शक श्रोताको मन जितिरहेको देखिन्छ । तर यो कुरा संगितकार अर्जुन पोखरेल भने मान्न तयार छैनन् । एल्बमका गितहरु पनि उच्चस्तरका बनिरहेका छन् तर फिल्मको जस्तो एल्वमको हाइप हुदैन र एल्वम सर्जकले फिल्मको लेभलमा प्रोमोसन गर्न नसकेको कारण एल्वम गित पछाडि परे जस्तो देखिएको उनको भनाइ छ । यस्तै संगितकार बसन्त सापकोटा पछिल्लो समय बनेका फिल्मका गितहरुमा सवै प्रकारका फ्लेवर लाइ फ्यूजन गरेर बनाउन थालिएको कारण फिल्मी गित सर्वाधिक रुचाउन थालिएको बताएका छन् ।
    यता अर्का संगितकार बिकाश चौधरी भने सुगम संगितमा लोकलय अर्थात लोकदोहोरी मिक्स हुन थाले र गायकहरुले पनि त्यस्तै लयमा गित गाउन थाले पछि फिल्मी गित संगित माथि गएको र यूटुवमा छाउन थालेको बताउछन् ।

    सुगम संगित माथि पनि ठूलो लगानि भइरहेको छ तर फिल्मको गित फिल्म पव्लिसिटिको दरिलो हतियार पनि हो । फिल्म चल्न गित चल्नै पर्छ भन्ने मान्यता बिस्तारै बिकाश भइरहको छ । हुन पनि हो जुन फिल्मका गित संगित हिट हुन्छ त्यो फिल्मको बिजनेश पनि राम्रो हुन्छ । यसर्थ पनि पछिल्लो समय फिल्मको गितमा ठूलो लगानी हुन थालेको देखिन्छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4