असोज ११ , कलिउड अपडेट ।
चलचित्र फाटेको जुत्ताको ट्रेलर सार्वजनिक भएको छ । राजधानिमा एक कार्यक्रम आयोजना गर्दै कार्तिक १७ गते रिलिज हुने यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । यस अघि सार्वजनिक गरिएका चलचित्रका गीतहरुले दर्शक श्रोताको मन जितिसकेको छ ।
तराइको एक बेरोजगारिको कथा उठान गरिएको यो चलचित्र लाइ अर्जुन कुमारले निर्माण गरेका हुन् । चलचित्रका निर्देशक निकेश खड्का हुन् ।
फिल्ममा प्रियंका कार्की, सौगात मल्ल, कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्मका गीतमा प्रवेश मल्लिक र शंकर थापाको संगीत, कविराज गहतराज र राजिव समरको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व रहेको छ ।