कलिउड अपडेट ।
व्यूटि पेजेन्ट , फेसन शो तथा अवार्डका कार्यक्रमहरु राजधानि काठमाण्डौ बाहिर पनि धेरै हुने गरेका छन् । ति मध्ये फेसन शो कम मात्रामा हुने गरेका छन् । यस्तै प्रदेश ५ को राजधानी बुटवलमा पहिलो पटक फेसन शो कार्यक्रम सम्पन्न भएको छ । पेजेन्ट नेपालको आयोजनामा भएको कार्यक्रममा मौलिक सांस्कृतिक तथा आधुनिक फेसनलाई समेटेर शो देखाईएको छ । कार्यक्रमका प्रमुख अतिथी सांसद निर्मला क्षेत्रीले कार्यक्रममा बोल्दै सकारात्मक कुरालाई प्राथमिकताका साथ अगाडी बढाउनुपर्ने र फेसनबाट नेपाललाई विश्वमा चिनाउन सकिने बताइन । फेसन शो लाई मर्यादित तरिकाले अगाडी बढाउनसके यसको भविष्य राम्रो हुनेमा जोड दिइन ।
फेसन शो लाई स्थापित गर्न कार्यक्रम आयोजना गरिएको कार्यक्रममा प्रदीप उदय, गोपालप्रसाद अधिकारीलगायतले आ–आफ्ना भनाई राखेका थिए ।
संस्थाका अध्यक्ष राज लुईटेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा सपन श्रेष्ठ, पुर्णिमा लामा, धु्रव विश्को, सावित्री जोशी, नन्दा बस्याल, ईन्दिरा भटटराई, लक्की दीपकलगायतले गीत सङ्गीत प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन आविष्कार खनाल स्मारिका लामाले गरेका थिए ।