Like us on facebook

Advertisements

  • फन्को:भकभके दया,इमान्दार सौगात र गाउँले केकी, हिरो चाहि सुमो

    पुस ३० , कलिउड अपडेट ।
    चलचित्र फन्को यो शुक्रबार बाट प्रर्दशन हुदैछ । बुधबार साँझ चलचित्रको प्रिमियर शो आयोजना गरियो । खचाखच भरिएको कुमारी हलमा चलचित्र हेर्ने दर्शकलाइ चलचित्रको समयावधिभर पुर्ण रुपमा होल्ड गरेको देख्न सकिन्थ्यो । एक साधारण कथालाइ उत्कृष्ट तवरबाट प्रस्तुत गरीएको चलचित्र फन्को मा प्रेम , आवेग , गुण्डागर्दि , छलकपट र इमान्दारीता देख्न सकिन्छ । keki

    चलचित्रमा दयाहाङ र प्रियंका नेगेटीभ क्यारेक्टरमा देखा परेका छन् भने सौगात मल्ल एक इमान्दार ड्राइभरको रुपमा चलचित्रमा छन् । नायीका केकि अधिकारी भने इमान्दार सुमो ड्राइभरकि श्रीमतिको को रुपमा देखिएकि छिन् ।
    saugat
    चलचित्रमा दयाहाङ राइ एक भकभके क्यारेक्टरमा देखिएका छन् उनको डाइलग को समयमा दर्शकले भरपुर मनोरन्जन लिएको आभास फिल्म हेरिरहदा हुन्छ । सस्पेन्स स्टोरीले सुनसान हल स्वभाबिक संवादले दर्शकहरु मज्जाले हास्न सक्छन् । केकिको लवज र गाउले शैलीलाइ दर्शकले रुचाएको महसुस हुन्छ ।
    चलचित्रको अर्को मुख्य पात्र सुमो जिप हो । जसलाइ सौगातले चलाउने गर्छन् । प्रिमियरमा रुचाइएको चलचित्र फन्कोलाइ दर्शकले चाहि कतिको साथ दिने हुन् शुक्रबारको ओपनिङ शो ले बताउने छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4