Like us on facebook

Advertisements

  • फिल्म प्रचारको भरपर्दो फन्डा बिहे र अफेयर

    कलिउड अपडेट ।
    नेपाली फिल्म अपग्रेड त भयो तर कथा र प्रचार शैली भने पुरानै ह्याङओभरमा अड्किएको छ । जव जव फिल्म रिलिजको समय नजिकिदै जान्छ तव तव चलचित्रका मुख्य कलाकारहरु लभ अफेयरमा पर्छन् , यहाँ लभ अफेयरमा मात्र होइन कुरा बिहे सम्मै पुग्छ अनि कोहि कसैको श्रीमती हुन्छ त कोहि कसैको बुहारी अनि ज्वाइ पनि ।

    पुराना निर्माता छबिराज ओझा यस मामलामा अग्रस्थानमा आउने गर्थे , छबिराज ओझाका कुनै फिल्म रिलिज हुन लाग्दा उक्त फिल्मको हिरोइन संग अफेयर का कुरा र बिहेको चर्चा बढि हुने गर्थे । त्यसताका फिल्मको भन्दा पनि अफेयरकै बढि चर्चा हुन्थ्यो । जव फिल्म रिलिज हुन्थ्यो त्यो अफेयरका कुरा र बिहेका कुरा सेलाइहाल्थे । कुनै कुनै बेला त यस्तो फन्डा फिल्मको रिलिजलाइ फाइदा नै भएको छ ।
    पछिल्लो समयलाइ हेर्दा पनि त्यहि क्रम दोहोरिरहेको छ । प्रेमगीत बाट अगाडि आएका नायक प्रदिप खड्का अभिनित फिल्म लिलिबिलिको समय मा नायीका जसिता गुरुङसंग नाम जोडियो । यता जोनि जेन्टलमेन तथा सत्रु गतेमा संगै देखिएका पल शाह र आँचल शर्मा को पनि फिल्म रिलिजको समयमा प्रेम सम्वन्धको ठूलै चर्चा भएको थियो ।
    यो सस्तो फन्डा बाट अनमोल केसि पनि अछुतो रहन सकेनन् । अहिले उनको बिहेको कुरा झरना थाप सुपुत्री सुहाना थापा संग चलिरहेको छ । प्रेमका कुरा मात्र कहाँ हो र कुरा बिहे सम्म पुगी सक्यो । भुवन केसि ले समेत बुहारी भनि सके । यो फन्डा मात्र ए मेरो हजुर ३ को लागी हो । यी सबै फिल्म चलाउने फन्डा बाहेक अरु केहि होइनन् । फिल्म चलाउनकै लागी भए पनि हिरो हिरोइनका नाम जोड्ने गरिन्छ । एउटा फिल्ममा एउटा हिरो हिरोइन संग नाम जोड्ने अनि अर्को फिल्ममा अर्कैै हिरो हिरोइन संग नाम जोड्दा यो फिल्म रिलिजको फन्डा हो भनि बुझ्ने ले ठिकै बुझ्लान् तर नबुझ्नेले चै ति हिरो हिरोइनलाइ कसरी बुझ्लान् त ?

     

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4