Like us on facebook

Advertisements

  • फिल्म एकेडेमि खोल्दै सुनिल थापा ,थापाको साथमा जम्बो टोली

    जेठ २२ , कलिउड अपडेट ।
    बरिष्ठ कलाकार सुनिल थापा हाल बलिउडमा व्यस्त छन् तर उनको नेपाल र नेपाली फिल्म प्रतिको मायाले उनलाइ नेपाल भन्दा कहिल्यै टाढा हुन पक्कै दिदैन । राते काइला उपनामबाट अझ बढि परिचित सुनिल थापाले नेपालमा फिल्म एकेडेमिको आवश्यकता महसुस गरि एक अन्तरराष्ट्रिय स्तरको फिल्म एकेडेमि खोल्न लागेको बुझिएको छ । यसैको लागि थापा केहि दिन अघि मात्र काठमाण्डौ ओर्लेका छन् ।
    13394195_1900029003557147_6977955439441134674_n
    श्रोतको अनुसार केहि दिनमा ओपनिङ हुने फिल्म एकेडेमिको नाम एभरेष्ट फिल्म एकेडेमि रहने बुझिएको छ । व्यवस्थापन पक्षले आधिकारीक रुपमा फेसबुक पेज मार्फत एभरेष्ट फिल्म एकेडेमि केहि दिनमा नै ओपनिङ हुने भन्दै स्टाटस लेखेको छ । सुनिलको साथमा बरिष्ठ चलचित्रकर्मिहरु लक्ष्मी नाथ शर्मा , गेहेन्द्र धिमाल , विश्व बस्नेत, प्रेम उपाध्याय , उज्वल घिमिरे , बिष्णु कल्पित , गौरी मल्ल , मिथिला शर्मा , छबिराज ओझा , बाबुराम ढकाल , दशरथ गिरि जस्ता हस्तिहरु रहेको श्रोतको भनाइ छ ।
    everest film academy team
    यस बारे कलाकार थापा संग बुझ्न खोज्दा आधिकारीक रुपमा केहि दिनमा जानकारी गराउने भन्दै अन्य कुरा खुलाउन चाहेनन् । तर जे होस् ढिलै भए पनि अन्तराष्ट्रिय स्तरको फिल्म एकेडेमि देशले पाउनु भनेको नेपाली चलचित्र क्षेत्रकै सुनिश्चित भबिष्यको एक पाइला हो चाहि भन्न सकिन्छ । everest film academy

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4