Like us on facebook

Advertisements

  • खुल्यो एभरेष्ट फिल्म एकेडेमि , टिममा को को ?

    असार २ कलिउड अपडेट ।
    अव नेपाली चलचित्र क्षेत्रले पनि शिक्षित व्यक्ति पाउने भएको छ । नेपालमा पनि फिल्म एकेडेमिको आवश्यकता महसुस गर्दै चलचित्रकर्मिहरुको एक जम्वो टोलिले राजधानिमा एभरेष्ट फिल्म एकेडेमि नामको फिल्म एकेडेमि आज देखि सन्चालनमा आएको छ । सुचना तथा सन्चार मन्त्रि शेरधन राइको मुख्य आतिथ्यमा एकेडेमिको बिधिवत् ओपनिङ गरिएको छ ।
    everest film academy
    आज बाट सुरुवात भएको यस एकेडेमिमा ‘निर्देशन, अभिनय, छायांकन र सम्पादन–भीएफएक्स’ पढाइनेछ ।
    कार्यक्रममा बोल्दै एकेडेमीका अध्यक्ष सुनिल थापाले एक बर्षमा दक्ष र गर्व गर्न लायक विद्यार्थी जन्माउने बताए । उनले शत प्रतिशत दक्ष विद्यार्थी यो एकेडेमीबाट चलचित्र क्षेत्रमा जाने बताए ।
    यस्तै, एकेडेमीका सीइओ प्रकाश पुरीले आफूले चलचित्र क्षेत्रमा पढेर आएका मानिसहरुको अभाव भएकाले यो एकेडेमी संचालनको योजना बनाएको बताए । उनले ३ बर्ष लामो मिहिनेतपछि एकेडेमी संचालनमा आएको जानकारी दिए । निर्देशक उज्ज्वल घिमिरे डिरेक्टर रहेको यो एकेडेमीमा विश्व बस्नेत ‘फ्याकल्टी डिरेक्टर’को रुपमा छन् । यस्तै, ज्योत्सल राजभण्डारी प्रशासनिय निर्देशक र विशाल श्रेष्ठ मार्केटिङ निर्देशकको रुपमा आवद्ध छन् ।
    ‘निर्देशन विधामा’ लक्ष्मीनाथ शर्मा, उज्ज्वल घिमिरेको टिम छ । यस्तै, अभिनय विधामा विश्व बस्नेत, गौरी मल्ल, गंगाप्रसाद तिवारी, रेनशा राई, चन्द्र पन्त, टंक चौलागाईको टिम छ । छायांकनतर्फ प्रेम उपाध्याय र विश्नु कल्पीतले अध्यापन गराउनेछन् ।
    दृश्य सम्पादनतर्फ भने रजनी पन्त, दशरथ गिरीको टिम छ । सल्लाहाकार टिममा गेहेन्द्र धिमाल, छविराज ओझा, मिथिला शर्मा, दीपिकराज गिरी र बाबुराम ढकालको टिम छ ।
    एकेडेमीका सीइओ प्रकाश पुरीले आजबाट असार मसान्तसम्म ४ वटा बिषयका लागि भर्ना सुरु गरिएको बताए । उनका अनुसार यो क्षेत्रमा केही गरौ भन्ने चाहना बोकेका व्यक्तिहरुले कलेजमा भर्नाका लागि आवेदन दिन सक्नेछन् ।
    १ बर्षभित्र कुनै एक विधामा दक्ष विद्यार्थी उत्पादन गर्ने लक्ष्य यो एकेडेमीले लिएको छ । कलेजमा सैद्धान्तिक भन्दा पनि व्यवहारिक शिक्षामा जोड दिइने भन्दै डिरेक्टर उज्ज्वल घिमिरेले भने–‘यसका लागि आवश्यक प्रविधी यो एकेडेमीमा उपलब्ध छ ।’

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4