बाल्यकालदेखिको प्रेमबाट अलग्गिएर मरुभूमिमा काम गर्न जादा एक प्रेमि आफ्नी बयस्क प्रेमिकाको कल्पनामा हराउदै छटपटिएको दृष्य भर्खरै सार्वजनिक एक गितमा देख्न सकिन्छ । यूएइमा कार्यरत राजिव जंग सिजापति उक्त भिडियोमा देखिएका छन् ।
संगितकार तेनहाङ राइको गिति एल्वम सानुमा समावेश एक गित एकान्तलाइ साक्षि राखि बोलको गितको म्यूजिक भिडियोमा राजीव को साथमा मेनुषा लाइ पनि देख्न सकिन्छ । दयाराम घिमिरेको निर्देशन रहेको यस गितमा आवाज मनोज राजको रहेको छ भने शव्द राजेश बिद्रोहिको रहको छ । उक्त भिडियोको सम्पादन बिरेन्द्र भाट बिपिनले गरेका छन् ।