Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • दुर्गिस व्यानरबाट फक्रिएका कलाकार

    कलिउड अपडेट ।
    कुनै समय थियो नेपाली फिल्ममा स्थापित हुन केहि व्यानरमा काम गर्नै पर्छ भन्ने थियो , ति व्यानरहरु मध्ये अग्रस्थानमा आउथ्यो निर्माता सुनिल रावलको फिल्म निर्माण कम्पनी दुर्गिस फिल्मस् ।
    दुर्गिस् फिल्म बाट सायद , होष्टेल , सायद २ , होष्टेल रिटन्स सम्म आइ पुग्दा निर्माता सुनिल रावलले थुप्रै नवप्रतिभाहरुलाइ जन्माएका छन् , ति कलाकार हाल नेपाली फिल्ममा डिमान्डेड कलाकारका साथै व्यस्त पनि छन् । सुनिल रावलकै क्याम्प बाट उदाएका अनमोल केसि होष्टेल बाट उनको चर्चा चुलिएको थियो । हाल मेघास्टारले चिनिन थालेका छन् । यस्तै होष्टेल मा अनमोल संग जोडिएका गौरव पहारी र सलोन बस्नेत आज नेपाली फिल्ममा स्थापित नाम भइसकेको छ । होष्टेल अघि निर्माण भएको चलचित्र सायद बाट संयम पुरीले नायकको रुमा यात्रा आरम्भ गरेका थिए र पछि थुप्रै फिल्ममा उनि व्यस्त भए तर हाल उनको फिल्म संख्या पातलिन थालेको छ ।सायदमै देखिएका विल्सन बिक्रम राइ यतिबेला लोकप्रिय कलाकार बनेका छन् ।

    फिल्म होष्टेल रिटन्समा देखिएका केहि नौलो अनुहार पछिल्लो समय स्टारको रुपमा दर्शकमाझ लोकप्रिय बनेका छन् । अभिनयमा अब्बल नाजिर हुसेन , शुशिल श्रेष्ठ , शुशिल सिटौला पनि फिल्ममा सक्रिय छन् । त्यहि फिल्म बाट आएकि स्वस्तीमा खड्का आजको दिन सबै भन्दा बढि व्यस्त र डिमान्डेट नायीका बनेकि छिन् । आज फिल्म निर्माता निर्देशक स्वस्तिमालाइ फिल्ममा खेलाउन लाइन लागेर बसेका छन् । सानो पर्दाबाट सायद २ मा आएका अमृत ढुंगानाले पनि आज खालि हात बस्नु परेको छैन । दुर्गिस् फिल्मस् बाट बनेका फिल्ममा सानो होस् या ठूलो रोल गर्ने अधिकांश कलाकार नेपाली फिल्म मा आफ्नो दरिलो स्थान बनाएर बसेका छन् । ति कलाकार फिल्म नगरीमा सक्रियताका साथ अगाडि बढिरहेका छन् तर ति कलाकार लाइ जन्म गराउने दुर्गिस् फिल्म र निर्माता सुनिल रावल भने चुपचाप छन् ।
    ४ वटा फिल्म ले सेलिब्रेटि निर्माता बनेका खरो र प्रष्ट बोल्ने निर्माता सुनिल रावलको सफलतामा पनि कुदृष्टी लाग्यो र आफ्नो फिल्म निर्माणलाइ पन्छाएर केहि समय टाढिन बाध्य भए । तर यतिबेला समयले रावललाइ थप उर्जा दिएको छ थप जोश दिएको छ । रावल यतिबेला होष्टेलकै अर्को सिक्वेल होष्टेल व्याक अगेनको निर्माण एवं निर्देशन गर्दैछन् त्यो पनि अमेरीकामा । अमेरीकामा बिभिन्न देशमा पढ्न आएका बिधार्थिहरुको कथामा होष्टेल व्याक अगेन निर्माण हुनेछ । यतिबेला चलचित्रको प्रि प्रोडक्सनको काम भइरकेको निर्माता रावल बताउछन् । बिषेश गरि युवापुस्तालाइ लक्षित गरि फिल्म बनाउन सिपालु रावल ले बनाउने  अबको फिल्म होष्टेल व्याक अगेनले पनि बिगतमा जस्तै क्षमतावान कलाकारको जन्म गराउला त ?

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4