Like us on facebook

Advertisements

  • लागुपदार्थ मुक्त जीवनको बाटो देखाउदै नाटक ‘दुर्व्यसन : एक भुमरी’

    पौष ८ , कलिउड अपडेट ।

    नाटक बाट पनि समाजमा व्याप्त लागुऔषधको दुर्व्यसनलाइ घटाउन सकिन्छ भन्ने उदेश्यको साथ किर्तिपुरको नेपाल भाषा एकेडेमिको हलमा नाटक ‘दुर्व्यसन : एक भूमरी’ मन्चन भइरहेको छ । उक्त नाटक किर्तिपुरका बिभिन्न बिधालयका बिधार्थिहरु लाइ देखाइएको छ भने नाटक हेर्न अन्य सर्वसाधारणहरुको उपस्थिति पनि उल्लेख्य रहेको छ  । drama

    नाटकलाइ डिजाइन एव निर्देशन बिशारद बस्नेतले गरेका हुन् भने कलाकारको रुपमा एभरेष्ट फिल्म एकेडेमिका बिधार्थिहरुले अभिनय गरेका छन् । सन्देश मुलक भए पनि कमेडि र सेन्टिमेन्सले दर्शकलाइ १ घण्टा १० मिनेट होल्ड गराउछ । उक्त नाटक हेरीरहदा दर्शक खुलेर हासिरहेका हुन्थे भने कहिले कहि भावुक पनि भइरहेका हुन्थे ।
    हरेक दिन बिहान ११:३० तथा दिउसो  २ :३० मा मन्चन भइरहेको नाटक ‘दुर्व्यसन : एक भूमरी’ यही पौष १० गते सम्म मन्चन हुने छ ।

    आयम स्किल्स डेभलप्मेन्ट सेन्टर र ओनस नेपालको संयुक्त आयोजनामा र एभरेष्ट फिल्म एकडेमीको सहयोगमा  उक्त नाटक तयार भएको हो ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4