काठमाडौ, असार १८ – सर्वसाधारणको ९ करोड निक्षेप जम्मा गरेर फरार भएको अभियोगमा रिनाउन सहकारीका सञ्चालक समिति सदस्य तथा फिल्म निर्देशक जनकदिप पराजुली पक्राउ परेका छन् ।
करिब अढाई वर्षअघि कालिमाटीस्थित रिनाउन सहकारीबाट पैसा उठाएर भागेको उजुरीको आधारमा उनलाई उपत्यका अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको हो । ‘यो मुद्दाका मुख्य आरोपी मनोज भक्त श्रेष्ठ अहिले कारागारमा छन्, जनक पराजुली फरार थिए, हाम्रो टिमले आज विहान मिनभवनबाट पक्राउ गरेको हो,’ अपराध महाशाखाका प्रहरी निरिक्षक गोविन्द पन्थीले कान्तिपुरलाई बताए ।
उनलाई शुक्रबार नै अदालतमा उपस्थित गराइएको बताइएको छ । पराजुलीले केहीअघि आएकाे ‘प्रोड्युसर’ नामक फिल्मको निर्देशन गरेका थिए ।
source- ekantipur