मंसिर १४ , कलिउड अपडेट ।
चलचित्र दिपज्योतीको ट्रेलर सार्वजनिक गरिएको छ । यहि मंसिर २२ बाट प्रर्दशनमा आउन लागेको दिपज्योतीले छाटो समयमा आक्रामक पव्लिसिटि आरम्भ गरेको छ ।
कृष्ण खनालको प्रस्तुती एव निरञ्जन ठाकुर र अन्जना राइ ठाकुर निर्माता रहेको फिल्ममा नारायण मैनालीको निर्देशन छ । फिल्ममा नीर शाह, रजनि केसी, खुश्वु खड्का, प्रमोद द्विप, लय संग्रौला, रश्मी भट्ट, पुष्कर रेग्मी, शेखर केसी, शेर बहादुर गुरुङ र रेशम फिरिरी काे मुख्य भुमिका रहेकाे छ । रामकृष्ण अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा क्यामेरा रामशरण उप्रेतीले चलाएकाछन् भने विकास चौधरीकाे संगीत र कोरियोग्राफी रामजी लामिछानेको छ ।