पुस १ , कलिउड अपडेट ।
शुक्रबार बाट प्रर्दशनमा आएको चलचित्र गोरे चलचित्रलाइ राजधानिका सिंगल थिएटर तथा मोफसलका बिभिन्न हलमा दर्शकको राम्रो साथ पाएको निर्माण पक्षले जानकारी दिएको छ । चलचित्र गोरेलाइ राजधानिका गोपिकृष्ण , अष्टनारायण , गुण , गंगा हलमा दर्शकको उल्लेख्य उपस्थिति रहेको निर्माता सुर्य जिसि बताउछन् । लामो समय सम्म स्टार कास्ट भएको फिल्म हलमा नआउदा त्यसको फाइदा दिलिप रायमाझि र अनु शाह स्टारर फिल्म गोरेलाइ मिलेको छ ।
रामेश कुमार राइको निर्देशन मा निर्माण भएको चलचित्रमा दिलिप र अनुको साथमा राकेश कुमार राइ , गुनु घर्ति , बिमला गिरि , अभिसेक गिरि , सुरबिर पण्डित लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र शुक्रबार देखि देशभरका करिव ६० वटा सिनेमा घरबाट प्रर्दशनमा आएको छ ।