Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • धुर्मुस सुन्तलीलाइ जोकर जोडि भन्दै गाली गरे किशोर नेपालले

    कलिउड अपडेट ।
    लामो समय पत्रकारीता गरेर आफूलाइ अब्बल पत्रकारको रुपमा चिनाएका अग्रज पत्रकार किशोर नेपालले एक अन्र्तबार्तामा धुर्मुस सुन्तलीलाइ अत्यन्तै तल्लो स्तरमा गाली गलौज गरि होच्याएका छन् । भुकम्प पछि बिभिन्न स्थानमा एकिकृत नमुना बस्ति निर्माण गरि हाल चितवनमा अन्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियम निर्माण गरिरहेका धुर्मुस सुन्तलीले गलत गरिरहेको बताएका छन् ।

    भुकम्पको फाइदा उठाएर बस्ती बसाएका उनिहरुले चन्दा उठाएर रंगशाला बन्छ ? भन्दै जंगिएका छन् । आफूले कमाएको पैसाले नमुना बस्ती नबनाएको र चन्दै उठाएर बनाउन त जोकोहिले पनि सक्ने भनि तर्क दिएका छन् । केहि दिन अघि को निर्माणाधिन रंगशाला तोडफोड पछि मिडियामा भाबुक बनेका धुर्मुस लाइ ठिक्क पर्यो अब पुन टेलिभिजनमा कार्यक्रम चलाउन आउला भनेर उल्टै खेदेका छन् । धुर्मुसलाइ लक्षित गर्दै नेपालले नचाहिने काम गर्दा दुख पाइन्छ समेत भन्न भ्याएका छन् । आफूलाइ धुर्मुस सुन्तली प्रति पहिल्यै देखि बिश्वास नभएको बताएका छन् ।
    उक्त अन्र्तबार्तामा नेपाल एअरलाइन्सका बरिष्ठ पाइलट तथा कलाकार बिजय लामालाइ भ्रष्टचार गर्न नपाएर भ्रष्टचार बिरोधि भएको ठाडो आदेश लगाएका छन् भने उपेन्द्र यादवको अन्र्तबार्ता लिने पत्रकारलाइ उल्लु पत्रकार भनेका छन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4