चैत्र २४ , कलिउड अपडेट ।
म्यूजिकल लभ स्टोरी चलचित्र धुनको ट्रेलर सार्बजनिक गरिएको छ । बैसाख १८ लाइ आफ्नो रिलिज डेट तय गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । तारा सितारा प्रोडक्सनको व्यानरमा निर्माण गरिएको यो चलचित्रलाइ कृष्ण पौडेलले निर्देशन गरेका छन् ।
मालति शाहको प्रस्तुति एव शुशिल शाहको निर्माण रहेको चलचित्र धुन मा बिनोद भट्ट, मधुसुधन ढकाल एव श्रेया दुलालको पनि लगानि रहेको छ । चलचित्रमा जिवन लुइटेल , मुकेश ढकाल , निता ढुंगाना , श्रेया दुलाल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रका गितमा लक्कि सिटौलाको संगित रहेको छ ।