बैसाख २ , कलिउड अपडेट ।
बैसाख १८ मा रिलिज हुने र बढि चर्चा बटुलि रहेको चलचित्र धुन ले आफ्नो प्रचार प्रसारलाइ तिब्रता दिइरहेको छ । चलचित्रको गित संगितले दर्शक तथा श्रोताको मन जितिरहेको समयमा निर्देशक कृष्ण पौडेल चलचित्रको मेरुदण्ड स्कृप्ट नै शसक्त भएको बताउछन् ।
रेडियो अन्नपूर्ण नेपालको साप्ताहिक प्रस्तुति कार्यक्रम फिल्मी बहसमा सन्चारकर्मि दयाराम घिमिरे संग कुरा गर्दै धुन ले श्रोता दर्शकको मनमा पनि धुन बजाउने दाबि गरेका छन् ।
दर्शकले सर्वाधिक रुचाएको फिल्मी जोडि जिवन र नितालाइ पुन एक पटक रोमान्टिक मुडमा दर्शकले हेर्न पाउने बताउदै आफ्नो पहिलो चलचित्रलाइ दर्शकको मुल्याङकनको खाचो भएको पनि उनको भनाइ छ ।
मालति शाहको प्रस्तुती एव शुशिल शाह , मधुसुधन ढकाल , श्रेया दुलाल , बिनोद भट्ट को निर्माण रहेको यस चलचित्र मा जिवन लुइटेल र निता ढुंगानाको साथमा मुकेश ढकाल र श्रेया दुलालको मुख्य भूमिका रहेको छ । चलचित्रका दुइ नायक जिवन र मुकेश अहिले अमेरिकामा छन् ।