मंसिर २ , कलिउड अपडेट ।
चैत्रको पहिलो साता नै चलचित्र धुनले सवैलाइ लठ्ठ बनाउने भएको छ । लामो समय देखि बिभिन्न चलचित्रमा मुख्य सहायक निर्देशक को रुपमा काम गर्दै आएका निर्देशक कृष्ण पौडेलको निर्देशन रहेको चलचित्र धुन चैत्र ६ गते दर्शक माझ आउदैछ ।
तारा सितारा प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको चलचित्र धुन लाइ मालति शाहले प्रस्तु गरेकि हुन् । चलचित्रमा शुशिल शाह , श्रेया दुलाल , मधुसदन ढकाल , बिनोद भट्ट को लगानि रहेको छ । मंसिरको सुरुवात संगै चलचित्रले आफ्नो प्रचार प्रसार आरम्भ गरिएको छ । चलचित्रको पोष्टर सार्वजनीक संगै प्रचार प्रसार आरम्भ गरिएको हो । जिवन लुइटेल , मुकेश ढकाल , निता ढुंगाना लाइ हाइलाइट्स गर्दै चलचित्रको पोष्टर निर्माण गरिएको छ । चलचित्रमा निर्मात्रि श्रेया दुलालको पनि मुख्य भूमिका रहेको छ ।
लंका , झोला बाट एक सफल निर्मात्रि बनेकि मालति शाह चलचित्र धुन बाट पनि व्यावसायीक सफलता मिल्ने मा ढुक्क रहेको बुझिएको छ ।