Like us on facebook

Advertisements

  • धरापमा फिल्म बिजनेश , सम्पूर्ण चलचित्र हल बन्द गर्न अनुरोध

    cine the chef

    बैसाख ३० , कलिउड अपडेट ।
    गत बैसाख १२ गते गएको महाभुकम्प र २९ गते गएको भुकम्पले हरेक क्षेत्रलाइ ठूलो असर परेको छ । यस्तै चलचित्र क्षेत्र पनि अन्यौल नै अन्यौलतमा अघि बढिरहेको छ । दुखद् घडिमा मनोरन्जन अन्तिममा आउछ । यहि भएर पनि यस बेला फिल्मको बिजनेश शुन्य नै हुन्छ । तर यस्ताे अवस्था कहिले सम्म भन्ने प्रश्नले भने सबै फिल्मकर्मि लाइ पिरोलिरहेको छ ।
    बैसाख १२ देखि नै अधिकांश सिनेमा घरहरु बन्द छन् । गत शनिबार केहि हल खुले पनि मंगलबार आएको अर्को भुकम्प पछि पुन सबै हल बन्द भएको छ । क्यूएफएक्स अन्र्तगतका मल्टिप्लेक्स सिनेमा हल १२ गते देखि नै बन्द छन्  । उपत्यका बाहिरका भुकम्पको कम प्रभाव परेका हलहरु भने सन्चालन भइरहेका छन् । पूर्वका अधिकांश हल खुलिसकेका छन् जहाँ दर्शकको उल्लेखनिय उपस्थिति पनि हुने गरेको छ ।

    तर  यस्तो बिसम परिस्थितिमा नेपाल चलचित्र संघले अनिश्चितकालिन हल बन्द गर्ने निर्णय गरेको छ । बुधबार बसेको बैठकले अर्को सुचना नआए सम्म देशभरका हल बन्द गर्ने निर्णण् गरेको हो ।
    काठमाण्डौमा बिस्तारै जनसंख्या पनि कम हुदै गएको छ । यस्तो अवस्थामा काठमाण्डौका हल अव कहिले खुल्ने अन्यौलता यथावत नै छ । रिलिज डेट तय गरेर बसेका फिल्महरु ले ४ महिना पछि बाट रिलिज डेट निर्धारण गर्न थालेका छन् । समयमा फिल्म रिलिज गर्न नसक्दा , समयमा छायांकन तथा सम्पादन गर्न नसक्दा निर्मातालाइ हुने नोक्सानि ठूलो देखिन्छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4