Like us on facebook

Advertisements

  • पुराना साधक चौधरी सांगितिक क्षेत्रमा सक्रियता बढाउदै

    नेपाली सुगम संगीतक्षेत्रका एउटा पुरानो साधक देवकुमार चौधरी सांगीतिक कार्यक्रमको शिलशिलामा भारतको हरियाना, पन्जाप, चण्डिगढ, दिल्लि लगायत बिभिन्न सहरहरुमा सहभागि भएर नेपाल फर्केका छन् । चर्चित तथा सफल गायक–गायीकाहरुको आवाजमा आफ्नो संगीत सृजना गराईसकेका गायक तथा संगीतकार चौधरी भारतमा रहेका नेपालीहरुलाई सांगीतिक मनोरञ्जन दिइ नेपाल फर्केका हुन् ।chaudhary
    १ दर्जन वढी एल्बमहरु बजारमा ल्याइसकेका चौधरीले नेपाल प्रज्ञा प्रतिष्ठान काठमाण्डौमा रहेर नृत्य र संगीतक्षेत्रमा लामो समय काम गरेका छन् । नृत्य र संगीतमा उतिकै पोख्त चौधरी पछिल्लोसमय सांगीतिक क्षेत्रमा आफुलाई व्यवसायीक रुपमा उभ्याईराखेका छन् । खासगरी पुर्वेली लोक जीवनहरुको कथा, व्यथा, जीवन भोगाई, प्रेम, करुणा, गाउवेशीका सुसेलीहरु अनि समग्र समाजका आवाजहरुलाई टपक्क टिपेर आफ्नो गीत संगीतमा सजाउँन सक्ने क्षमताका धनि गायक एबम् संगीतकार चौधरीले भारतिय नेपालीहरुलाई मनोरञ्जन प्रदान गरेर फर्केका छन् ।

    यसअघि पनि भारतमा आफ्नो सागीतिक कला प्रस्तुत दिइसकेका चौधरीले यस पटकको भ्रमणले उत्साहित भएको बताए । उनले भने—‘बिगतमा पनि गाए, नचाए र हसाए तर यस पटक अलि वेग्लै रुपमा आफुलाई पाए ।’ चौधरीका अनुसार भारतमा वसोवास गरिरहेका नेपालीहरुलाई नेपालको संस्कृति, चाँड–वाँड, भेष–भुषा, रहनसहनमा रमाउँन चाहान्छन् । उनिहरुलाई नेपालमा वस्ने नेपालीहरुले जस्तै भारतमा पनि नेपालीहरुसंग भेटघाट र खुसियाली साटासाट गर्ने गर्छन् । त्यस्तो अवस्थामा मैले आफ्नो नेपाली माटो, धर्म, संस्कृति र रहनसहन सुहाउँदो गीतहरु गाएर मनोरञ्जन प्रदान गर्न सके, चौधरीले भने । उनले भारतमा वसोवास गरिरहेका नेपालीहरु दाजुभाई र दीदि वहिनीहरुले दिएको माया र सम्मानले अझै केही गर्ने उत्साह पाएको वताए ।

    २०६० सालमा पहिलो एल्बम् ‘सुख दुःखका यादहरु’ मार्फत नेपाली सागीतिक आकाशमा प्रवेश गरेका चौधरीले त्यसअघि रेडियो नेपालमा आफ्ना आवाजहरु रेर्कड गराइसकेका थिए । गायक एबम् सगीतकार चौधरीले ‘लैजा चरी’, ‘प्रशंषा’, ‘अतितका यादहरु’, ‘मेरो माया’ लगायत एल्बमहरु बजारमा ल्याइसकेका छन् । गायक एबम् संगीतकार चौधरीले चाडै ‘चर्चा’ एल्बम् बजारमा ल्याउँने योजना समेत खुलासा गरेका छन् ।

    सत्यराज आर्चाय, रामकृष्ण ढकाल, शर्मिला वर्देवा, अन्जु पन्त, हिरादेवी राई, सपना परिवार, पार्वती राई जस्ता चर्चित र सफल गायक गायीकाहरुको आवाजमा चौधरीले आफ्नो संगीत सृजना सजाईसकेका छन् । दीप श्रेष्ठ, शम्भुजीत वास्कोटा, प्रकाश गुरुङ, मनोहर सोनाम लगायत आफ्ना अग्रज गुरु ठान्ने चौधरीले आभा मुकारुङ, अन्जना गुरुङ, बिकाश चौधरी लगायतलाई राम्रो सम्भवाना र आशा देख्ने गरेको वताए ।

    उनी प्रथम अन्तराष्ट्रिय आदीवासी अर्वाड २०५९–गायक संगीतकारमा दृतिया, अन्तराष्ट्रिय मोर्डन सङ्ग एण्ड डान्स प्रतियोगिता १९९८(भारत)–प्रथम, अधिराज्य व्यापी लोकगीत प्रतियोगीता ०६१–प्रथम भइसकेका छन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4