Like us on facebook

Advertisements

  • दिपाले आफ्नो लागि ड्रेस पाइने बुटिक आफै उद्घाटन गरिन्

    असार १८ , कलिउड अपडेट ।
    कान्तिपुर फेसन हाउस, लेडिज एण्ड जेन्टस् बुटिकको उद्घाटन गरिएको छ । शुक्रबार अभिनत्री दिपाश्री निरौलाले रिबन काटेसँगै यो बुटिक सञ्चालनमा आएको हो ।काठमाडौंको मध्यबानेश्वमा उत्तम संगीतालय रहेको यो बुटिकले लेडिज र जेन्टस् दुवैका लागि सेवा प्रदान गर्नेछ । बुटिक उद्घाटन पछि बोल्दै अभिनेत्री निरौलाले अहिलेको समय फेसनको भएको भन्दै कान्तिपुर बुटिक सञ्चालनमा आएसँगै ड्रेसअपमा ध्यान दिनेहरुका लागि थप लाभदायक हुने बताएकी छिन ।deepa shree niraula

    कलाकारका हकमा एक पटक लगाएर तस्विर सार्वजनिक भएपछि उक्त ड्रेसको आयु सकिने भन्दै दिपाले आगामी दिनमा कान्तिपुर फेसन हाउस आफ्नो रोजाइमा पर्ने बताएकी छिन ।

    कान्तिपुरकै ड्रेसमा सजिएकी दिपाले आफु अलिक मोटी भएको र आफ्ना लागि हत्तपत्त ड्रेसहरु नपाइने तर यो बुटिकमा बिभिन्न साइजका ड्रेस भएकोले आफु लगायत सबैका लागि सहज हुने बताएकी छिन । अन्जना बोहोरा र सावित्री ढकालले सञ्चालन गरेको बुटिकले सरल तरिकाले सस्तो र स्तरिय सेवा प्रदान गर्ने जनाएको छ । कान्तिपुर बुटिक महिला पुरुष दुवैलाई लक्षित गरि सञ्चालनमा आएको हो ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4