असोज १२ , कलिउड अपडेट ।
फूलपाती को दिन बाट २ नेपाली चलचित्र रिलिज भए चलचित्र छक्का पन्जा २ र मेरो पैसा खोइ । एक हप्ता अघि मात्र रिलिज डेट घोषाणा गरि हलमा पुगेको चलचित्र मेरो पैसा खोइ चल्दैन चल्दैन भन्दा भन्दै असोज ११ मै रिलिज भयो । तर काठमाण्डौ उपत्यकामा मात्र । अव चलचित्र मेरो पैसा खोइ असोज २० बाट उपत्यका बाहिरका दर्शकले हेर्न पाउने भएका छन् ।
फूलपाती को दिन छक्का पन्जाले उत्कृष्ट सुरुवात गरेको छ भने यता मेरो पैसा खोइले पनि दर्शक को राम्रो साथ पाएको छ ।
मेरो पैसा खोइ मा यौन व्यवसायको कथा उठाइएको छ भने छक्का पन्जा २ मा पढे पछि बिदेश नै जानु पर्छ भने युवायुवतीको कथा उठाइएको छ ।
चलचित्र छक्का पन्जा २ लाइ दिपाश्री निरौलाले निर्देशन गरेकि हुन् भने मेरो पैसा खोइलाइ रोज राणाले निर्देशन गरेका हुन् ।