मंसिर २० , कलिउड अपडेट ।
तुलसी घिमिरेको लेखन तथा निर्देशन रहेको यो चलचित्र‘दर्पण छायाँ २’ को ‘आकाशैमा’ बोलको गीत रिलीज भएको छ । गीतमा पुष्पल खड्का र साहाराको नृत्य छ । गितमा निर्देशक घिमिरे दम्पती पनि देख्न सकिन्छ । लोक फ्लेवरमा आयो दर्पण छायाँ २ को गित
राजेश पायल राई र मेलिना राईको स्वर रहेको गीतमा शब्द साबु रबिका छन् भने संगीत चन्दन लोमजेल को छ । गीतमा छेदुप लामाको नृत्य निर्देशन छ ।
साहारा प्रोडक्सनको पहिलो प्रस्तुती रहेको फिल्म ‘दर्पण छायाँ २’ मा पुष्पल खड्का, साहारा, फिरोज, शारदा प्रसाईं, शेर बहादुर गुरुङ, जीवन आचार्य, सुमन घिमिरे, तुफान घले, रोशी केसी, सरिना पौडेल अभिनय रहेको छ । यो चलचित्रलाई सबु गदाल कार्की र रबि कार्कीले निर्माण गरेका हुन् ।