Like us on facebook

Advertisements

  • कलाकार तथा निर्देशक ओम प्रतीकले संचालनमा ल्याए, ‘डान्स मन्त्र’

    कलिउड अपडेट(सुरज पौडेल) ।

    लेखक, निर्देशक तथा कलाकार ओम प्रतीकले ‘डान्स मन्त्र एकेडेमी अफ पर्फमिङ आट्र्स’ नामक कला इन्स्टिच्युट् संचालनमा ल्याएका छन् । बुधवार चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले रिवन काटेर इन्स्टिच्युटको औपचारिक उद्घाटन गरेका हुन् ।

    उद्घाटन पश्चात संचालक ओम प्रतीकले कलाकारितामा नै केही शिक्षा दिन सकुँ भन्ने उद्देश्यले सो इन्स्टिच्युट संचालनमा ल्याएको कुरा जानकारी गराएका छन् । कलाकारितामै जीवन समर्पण गरिरहँदा नव प्रतिभाहरुलाई पनि प्रशिक्षण दिएर दक्ष बनाउनका लागि इन्स्टिच्युटले भरपुर प्रयास गर्ने कुरा प्रतीक बताउछन् ।

    कार्यक्रमका प्रमुख अतिथि केशव भट्टराईले कलाकारितामै जीवन समर्पित गरेका ओम प्रतीकको कार्य प्रशंसनीय रहेको भन्दैं उनको प्रशंसा गरेका थिए । उनले कला क्षेत्रमा लाग्न चाहनेहरुका लागि डान्स मन्त्रले टेवा पु¥याउनेछ भन्दैं शुभकामना ब्यक्त गरें ।

    डान्स मन्त्रमा हिपहप, क्लासिकल, कल्चरल, एरोबिक, फ्री स्टाइल, कन्टेम, साल्सा, जुम्बा लगायतका नृत्य कक्षाहरु हुनेछ । गोपीकृष्ण हलको अगाडि रहेको यस डान्स इन्स्टिच्युटमा अभिनय र स्क्रिप्ट लेखनका कक्षाहरु पनि संचालन हुने कुरा ओम प्रतीकले बताएका छन् ।

    हेर्नुहोस् भिडियो ।

    https://youtu.be/0TFTGWoo1GY

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4