कलिउड अपडेट ।
यो शुक्रबार अर्थात चैत्र २ बाट प्रर्दशन हुने चलचित्र इन्काउन्टर गल्लीको आइटम गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा हट मोडल शुष्मा अधिकारी र नवराज राउत फिचरिङ्ग छन् । चलचित्र इन्काउन्टर गल्ली बाट नायक राउत आशाबादि छन् । चलचित्रको कथानै चलचित्रको मेरुदण्ड भएको बताउदै चलचित्र हेरिदिनु हुन दर्शकलाइ अनुरोध पनि गरेका छन् ।
एक्सन प्रधान चलचित्र गल्लीले समाजमा घटिरहने घटनालाइ प्रतिनिधित्व गर्ने निर्माता राजन चौलागाइ बताउछन् ।
एन आर घिमिरेको निर्देशन रहेको चलचित्र इन्काउन्टर गल्ली मा नवराज राउत , स्वेता भट्टराइ , गजीत बिष्ट , नन्दु श्रीवास्तव , ध्रव कोइराला लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।