कलिउड अपडेट ।
निकै चर्चामारहेका सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डित र नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले संगै बसेर चंखे शंखे पंखेको प्रिमियर सो हेरेका छन् । बुधवार साँझ कमलपोखरी स्थित वीग मुभिजमा आयोजित प्रिमियर सोमा उनीहरुले फिल्म मात्र हेरेनन् कलाकारहरुसंग सेल्फी फोटो समेत लिन भ्याएका थिए । विशेष गरी सेल्फी फोटो लिन माधव नेपालको उत्सुक्ता ज्यादा देखिएको थियो ।
उनीहरुले फिल्मको बिषय बस्तु गम्भीर रहेको भन्दै यस्ता बिषय बस्तुमा अरु फिल्म पनि बन्नु पर्ने प्रतिक्रिया दिएका छन् । हत्तपत्त फिल्म नहेर्ने लालबाबु पण्डितलाई चाँहि क्लाईमेक्स अपेक्षा भन्दा छोटो लागेका प्रतिक्रिया दिएका छन् । तर उनले ईन्जोय चाँहि गरे रे । ‘मेरो स्वभाव जस्तै रहेछ हिरोहरुको स्वभाव त्यसैले यस्तो प्रकारको फिल्म अरु बन्नु पर्छ अनि मात्र राष्ट्रको परिवर्तन हुन्छ ।’ लालबाबुले भनेका छन् ।
फिल्म उद्योगमा भित्रिएका नयाँ निर्माता सन्तोष सेनको लगानीमा बनेको चंखे शंखे पंखेको बजेट एक करोड ७० लाख भनिएको । जसकारण यो फिल्मले आफ्नो लगानी उठाउँन न्यूनतम ३ करोड ५० लाखको ग्रस कारोबार गर्नै पर्ने हुन्छ । सुर्दशन थापाको निर्देशनमा बनेको चंखे शंखे पंखेमा पहिलो भाग कमेडी र दोश्रो भागमा आधुनिक राष्ट्रिययताको बिषय उठान गरिएको छ ।
फिल्ममा निर्देशक सुर्दशन थापा सहित हिरोइन पूजा शर्मा , सुवास थापा, प्रेम पुरी, प्रमोद अग्रहरी, नन्दिता केसी लागयतको मुख्य अभिनय छ ।
यहि शुक्रबार देखि देशब्यापी प्रर्दशन हुने यो फिल्मको बिषय बस्तुनै त्यस्तै प्रकारको रहेका कारण राजनीति क्षेत्रबाट अग्नी सापकोटा लगायतका अन्य सभासद तथा नेताहरु सहित सामाजिक क्षेत्रका केही बिशिष्ट ब्यक्तिहरुको पनि उपस्थिती रहेको थियो प्रिमियर सोमा । बुझिए अनुसार अग्नी सापकोटा हिरोइन पूजा शर्माको फष्ट कजन पर्दछन् र उनी नेताको हैसियतले भन्दा पनि मामाको हैसियतले भान्जीको फिल्म हेर्न आएका हुन रे ।
तर झण्डै सयको हारारहारीमा फिल्मकर्मीहरु कतारमा हुन गईरहेको नेफ्टा अवार्डमा सहभागीता जनाउँन गएका कारण फिल्म फर्टिनिटिका चर्चित अनुहारहरु चाँहि समारोहमा निकै कम देखिएका थिए ।
प्रिमियर समारोहमा महिना दिन अघि चंखे यूनिटले घोषणा गरेको राष्ट्रभक्ति फोटो प्रतियोगिताका तीन बिजेता अञ्जली खड्गी, अस्मिता गैरे , उपकार भण्डारीलाई क्रमश २५ हजार र १५ हजार र १० हजार नगद सहित पुरस्कृत गरिएको थियो । तस्बिर : विनोद पोखरेल