Like us on facebook

Advertisements

  • ‘कस्मिक लभ’को ‘माया तिमीलाई’ बोलको गीतमा रिजन र पुजन काे जाेडि

    कलिउड अपडेट ।
    यहि असार ११ गते बाट फ्लोरमा गएको चलचित्र ‘कस्मिक लभ’को ‘माया तिमीलाई’ बोलको गीतको छायांकन भईरहेको छ। उक्त गीतमा बाबुल गिरी तथा मिलन अमात्यले स्वरदिएका छन् भने,संगीत पनि बाबुल गिरी कै रहेको छ। दिनेश सुबेदीको शब्द रहेको छ। अहिले मकवानपुरको कुलेखानीमा छायांकन भइरहेको रोमान्टिक गीत ‘माया तिमीलाई’ मा, रामजी लामिछानेले कोरियोग्राफी गरिरहेका छन् भने,गीतमा नव कलाकारहरु द्वय रिजन थापा तथा पुजन थापाको केमेस्ट्रि देख्न सकिन्छ।

    यसै बीच निर्माण टीमले शुटीङ सेटका केहि तस्बिर समेत सार्वजनिक गरेको छ। जसमा कलाकारहरु पुजन थापा तथा रिजन थापा देखिएका छन्। चलचित्रको मुख्य कलाकारहरुमा अर्पण थापा, प्रशान्त ताम्राकार,रोबिन तामाङ तथा नायिका दिया मास्के र नव नायक तथा नायिकाको रुपमा रिजन थापा तथा पुजन थापा रहेका छन्। साथै राजाराम पौडेल,पुरन थापा,देब महर्जन तथा सागर खनाल लगायतका कलाकारहरुको समेत अभिनय छ। कस्मिक लभ’ लाई बि.एस बलामी तथा एस. अधिकारी निर्देशन गरिरहेका छन् र जय गौतमको लगानी रहेको छ,भने कार्यकारी निर्माताका रुपमा डि.एन. दाहाल छन्। मुभी मेकर्सको ब्यानरमा बन्दै गरेको चलचित्र कस्मिक लभलाई ,शेखर ज्ञवालीले लेखेका हुन्। साथै यसमा सुरेश बझ्रचार्यको छायांकन छ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4