Like us on facebook

Advertisements

  • लभसवको नयाँ शैली : कन्सर्ट पनि प्रचार पनि

    भाद्र ७ , कलिउड अपडेट ।
    चलचित्र होष्टेल रिटन्स रिलिज भयो र दर्शकको साथ पनि पाइरहेको छ । होष्टल रिटन्स रिलिज पछि सम्भावना बोकेको चलचित्र लभ सव भने कलेज केन्द्रित प्रचार प्रसार मा जोड दिएको छ । यसैबिच भाद्र २५ देखि प्रदर्शनमा आउने फिल्म युनिट राजधानीको न्याथम कलेजमा आयोजित एक बृहत कार्यक्रममा लभ सब प्रोमोशनका क्रममा भेटिए ।
    love sab concet

    हजारौं सँख्यामा उपस्थिति युवा दर्शकका बिचमा फिल्मका प्रमुख कलाकार सलोन बस्नेत, करिश्मा श्रेष्ठ, शिशिर भण्डारी सँगै निर्माता शुसिल पोखरेल र निर्देशक देव कुमार श्रेष्ठले फिल्मको बिषयमा बताए । फिल्म होस्टेलको जँगे नामक पात्रको भुमिकापछि निकै नै लोकप्रिय बनेका सलोनले युवा दर्शक माँझ होस्टेलकै गीत गाएर पनि सुनाए । उपस्थित युवा जमातको फर्माइसमा सलोनले उक्त गीत गाएका थिए । सलोनले उक्त गीत गाईसकेपछि भाद्र २५ मा लभ सब हेरिदिन सबैलाई आग्रह गरे । कार्यक्रमको समाप्तिपछि सलोनलाई युवा जमातले घेरेको थियो । उनीसँग सेल्फी र अटोग्राफ लिनेको घुईचो नै देखियो । यता लभ सबमा जुक्ता सिउने मधेसी पात्र भोला रबिदासको भुमिका निभाएका भिजे तथा कलाकार शिशिर भण्डारीले लभ सबको हाल लोकप्रिय बन्दै गैरहेको सँवाद सुनाएर माहौल तताए ।
    natham college
    उनले सुनाएका फिल्म लभ सबको हरेक सँवादमा युवा जमातको चर्को हुटिङ् आएको थियो । यता फिल्मका अर्का प्रमुख कलाकार सँयम पुरी कार्यक्रममा उपस्थित भएपनि बिशेष कारणले स्टेज जान भने सकेनन् । युवा जमात माँझ लभ सबको राम्रो प्रचार प्रसार गरिसकेपछि फिल्मी समाचारसँग कुराकानी गर्दै फिल्ममा टोले दादाको भुमिका निभाएका सलोन बस्नेतले लभ सब योङस्टर मुभि भएपनि सबैले हेर्न सक्ने बताए ।फिल्मकी एक मात्र नायिका करिश्मा श्रेष्ठ पनि लभ सबबाट प्राप्त प्रतिक्रियाबाट दँग देखिन्थिन् । फिल्ममा तिन हिरोको एकल हिरोईन भएकी करिश्माले तपाईले फिल्ममा तिन जना हिरोहरुलाई कसरी समाल्नु भयो भनेर प्रश्न गर्दा यसरी रमाईलो प्रतिक्रिया दिईन् ।

    फिल्मका अर्का कलाकार शिशिर भण्डारीले लभ सबमा लोकेशनको भेराईटी रहेको बताउँदै फिल्मले मजाले हसाउने र रुवाउने ग्यारेन्टी दिए ।
    लभ सब निर्माता शुसिलले पोखरेल युथ ओरियन्टेड फिल्म भएका कारण उक्त कार्यक्रममा आफुहरुले सहभागिता जनाएको बताए । साथै सँसारमा सधैं राम्रो फिल्म मात्र सफल भएकोे भन्दै निर्माता पोखरेलले लभ सब सफल हुनेमा आफु बिश्वस्त रहेको प्रतिक्रिया दिए ।लभ सबका निर्देशक देव कुमार श्रेष्ठ बेवास्ता गरिएको नेपाली समाजको कथालाई लभ सबले टिपेको बताउँछन् ।

    लभ सबलाई शुसिल पोखरेल र यस पुर्व लुट छड्के फष्ट लभ जस्ता फिल्म बनाएका नरेन्द्र महर्जनले सँयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्मभित्र लभ स्टोरी, कमेडी, सोसल स्टोरी सँगै सेन्टिमेन्टलाई समेटिएको निर्माण सँस्थाले बताएको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4