Like us on facebook

Advertisements

  • ‘क्लासिक’को ‘अर्को ससक्त गित सार्वजनिक , नम्रताको तारिफ नै तारिफ

    पुस २२ , कलिउड अपडेट ।
    बिगतमा केहि मेकरहरुले मात्र गित संगितलाइ बिषेश ध्यान दिने गर्थे फलस्वरुप ति चलचित्रहरु सफल चलचित्रको लिष्टमा पर्थे पनि तर अहिले धेरै निर्माता निर्देशक चलचित्रले व्याबसायीका सफलता पाउन चलचित्रका गित संगित दरिलो हुनु पर्ने कुरा बुझेका छन् ।
    गित संगित ससक्त हुनु पर्ने कुरामा अधिकांश फिल्म मेकर सजर हुन पनि थालिसकेका छन् ।  जसको प्रत्यक्ष फाइदा चलचित्रको व्यापारमा हुनेछ ।namrata-shrestha

    माघ २९ गतेबाट अल नेपाल प्रदर्शन हुने चलचित्र ‘क्लासिक’ले गीतको अडियो र भिडियोमा कुनै संझौता नगरेको देखिन्छ । यसैले पनि सार्वजनिक भएका चलचित्रका गीतलाई दर्शकले रुचाइरहेका छन् । ताराप्रकाश लिम्बुको संगीतमा समावेश यो चलचित्रका गीतहरुको भिडियो मेकिङमा पनि निर्माणपक्षले ध्यान दिएको छ ।
    यसै चलचित्रमा समावेश ‘प्रकृतिका सुन्दर’ बोलको गीत युटुबबाट सार्वजनिक गरिएको छ । डाक्टर कृष्णहरी बरालको शब्द, मेलिना राइको स्वर रहेको यो गीत सुन्दा आनन्द महुशश हुन्छ । यो गीतको शब्द उत्कृष्ट छ । गायिका राइको स्वरले गीतलाई ज्यान भर्ने काम गरेको छ । गीतमा चलचित्रकी नायिका नम्रता श्रेष्ठलाई देख्न सकिन्छ । दृष्टिबिहिनको भूमिकामा देखिएकी नम्रताले गीतमा लोभलाग्दो तरिकाले लिप्सिङ गरेकी छिन् ।
    यसअघि सार्वजनिक भएको ‘सुनौला हरदिन’ले दर्शकको मन जितिसकेको छ । चलचित्रमा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, रोमी घिमिरे, प्रज्वल गिरी, सुशिल काफ्ले मुख्य भूमिकामा छन् । दृष्टिबिहिनहरुको प्रेम तथा सांगीतिक कथामा तयार भएको यो चलचित्रलाई सुवास गिरीले निर्माण गरेका हुन् ।
    सुवास इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको चलचित्रमा दिनेश राउतको निर्देशन छ । दिनेशले करिब ३ बर्ष लगाएर यो चलचित्रको कथा लेखेका थिए ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4