Like us on facebook

Advertisements

  • ‘चकलेट’ लाइ सहयोग नै सहयोग

    मंसिर १५ , कलिउड अपडेट ।

    चलचित्र ‘चकलेट’ले आफ्नो आम्दानी खर्च कटाएर सबै अनाथ बालबालिकाको लागि भवन निर्माणमा खर्च गर्ने पहिले नै घोषणा गरिसकेको छ। राजधानीमा सोमबार आयोजित कार्यक्रममा चलचित्रको अभियानमा थप सहयोग जुटेको छ। chocklate

    कार्यक्रममा यती डेभलपमेन्ट बैंकले सहयोगस्वरूप २५ हजार रुपैयाँ प्रदान गर्‍यो । बैंकको सामाजिक उत्तरदायित्व विभाग प्रमुख दीपाञ्जली खकुरेलले सहयोग रकम हस्तान्तरण गरिन्। चलचित्रका अभिनेता डा. आयुष्मान घिमिरेले पनि २५ हजार नगद सहयोग गर्ने कार्यक्रममा प्रतिबद्धता व्यक्त गरे। निर्देशक निर्मल शर्माले यो चलचित्रबाट पाउने सबै पारि श्रमिक भवन तथा स्कुल निर्माणमा सहयोग गर्ने बताए।
    कार्यक्रममा निर्मात्री तथा अभिनेत्री पुजना प्रधानले चकलेट बाँडेर अतिथिको स्वागत गरेकी थिइन्। उनले आफूले पैसा कमाउने नभएर अनाथ बालबालिकाको सहयोगको लागि चलचित्र निर्माण गरेको बताइन्। उनले भूकम्प प्रतिरोधी साना घरहरू बनाएर ५० बालबालिकालाई राख्ने आफ्नो योजना रहेको पनि सुनाइन्। चलचित्रमा पुजना र आयुष्मानको साथमा केशव भट्टराई, नम्रता झा, सुमन गैह्रेलगायतका कलाकारको अभिनय छ। दरबारमार्गका सडक बालबालिकाको कथालाई विषय बनाइएको चलचित्रमा केही बालकलाकारको पनि अभिनय रहेको छ।

    source – radio annapurna nepal

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4